साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडाकाे सिङ

फुक्लिएकाे सिङ फर्कँदैन आज बेतमास जुध्दा भाँचिएको जाङ निकाे हुँदैन त्यसैले शहरिया गाईजात्रेहरु सँधै जितिरहन्छन् गाउँले भेडाहरु सँधै हारिरहन्छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

शहरमा गाईजात्रा हुन्छ
छिनछिनमा रुप परिवर्तन गरेर
नाटक देखाइन्छ
हिजाे काटाकाटमा उत्रिएकाहरु
भाेलि चाटाचाट गर्छन्
हिजाे काखमा बसेकाहरु
भाेलि जेल पस्छन्
शहरमा गाईजात्रा भइरहन्छ
तर
गाउँमा ?
भेडा जुधाई हुन्छ
कहिले यताकाे भेडाले उताकाे भेडालाई
सिङ फुक्लिने गरि हान्छ
कहिले उताकाे भेडाले यताकाे भेडालाई
सिङ फुक्लिने गरि हान्छ ।
शहरकाे गाईजात्राले रुप परिवर्तन गर्नसक्छ
आज सत्ताे सराप गर्नेहरु
भाेलि अङ्गालाे मारेर हिंड्न सक्छन्
अवसरकाे दुनियाँमा
भाेलि एकै ठाउँमा भिड्न सक्छन्
आज एकले अर्कालाई चाेर भन्दैछन्
भाेलि हाम्राे एउटै स्वर भन्नसक्छन्
आज दुश्मन भनिएकाहरु
भाेलि एउटै मण्डलमा बस्न सक्छन् ।
तर गाउँमा जुधेका भेडाहरुकाे
फुक्लिएकाे सिङ फर्कँदैन
आज बेतमास जुध्दा
भाँचिएको जाङ निकाे हुँदैन
त्यसैले
शहरिया गाईजात्रेहरु सँधै जितिरहन्छन्
गाउँले भेडाहरु सँधै हारिरहन्छन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x