साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहरी हात

क्षमा त अन्जानमा गरेको गल्तीमा मात्र पाइन्छ । जानाजान गरेको पाप त जुनसुकै तीर्थमा गए पनि पखालिदैन होला नि !

Nepal Telecom ad

आर.सी. रिजाल :

रामभक्तले बाटोबाट देखिने गरि मुलढोकाको दायाँबायाँ करिब ३/३ फिटको मातापिताको तस्बिर टाँगेका छन् । यो देख्दा बटुवाले उनको तारिफ गरेको सूनिन्छ ।

एकदिन बिहान् म साथीसँग घुम्न निस्केको थिएँ ।बाटोमा रामभक्त श्रीमतीसँग आउँदै थिए। श्रीमतीले बुवा पशुपतिनाथको चन्दन लगाउनुस् भनिन् । मैले टाउको निहुँर्‍याएँ। साथीले – पर्दैन नानी हामी मन्दिर हिँडेका हौँ। उतै लगाउँछु भने।

अलिपर पुगेपछि साथीले- तिम्रो घर अलि टाढा छ। म यिनको छिमेकी । यिनहरुले वृद्ध पितालाई जिउँदो छँदा धर्धरी रुवाएको देख्याछु। ढोकामा झुन्ड्याको तस्वीर त पितृभक्त भएको नाटकमात्र हो। यिनीहरुले केही सम्पत्ति जोडेका छैनन्। ऎले गुजारेका मस्तिको जीवन बाबुकै पसिना हो। बाबुको मृत्यु संस्कारमा पनि सारै कन्जुस्याइँ गरे।

आमाबाबुको इज्जत गर्न नसक्नेले मन्दिरमा छिर्नुलाई म त पाप ठान्छु। यिनीहरुले बाटो बिराइसके। भगवानसम्म पुग्ने बाटो त आमाबाबुको चरणबाट सुरु हुन्छ। यिनीहरु दर्शन हैन क्षमामाग्न गएका हुनुपर्छ। तर क्षमा त अन्जानमा गरेको गल्तीमा मात्र पाइन्छ । जानाजान गरेको पाप त जुनसुकै तीर्थमा गए पनि पखालिदैन होला नि ! त्यसैले त्यो फोहरी हातलाई मेरो निधारमा छुन नदिएको हुँ भने ।

०००
मकवापुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x