
तीन ठोक्तक
कोही विदेश कोही झेल कानमा तेल हालेर नेताको नाम जपेर बसेका छन् डकारी ।

बालकृष्ण खनाल :
१)
दासी भन्छन् एकै स्वर परान भन्दा प्यारो छ
जनतालाई मूर्ति चोर फर्क्यो भने गाह्रो छ,
नउचाल बस्न देउ पन्छाएको काँडालाई
खान्छ उतै बसेर देशले दिएको चारो छ।
२)
डाँका डाँका मिलेर लुटिखाए सहकारी
जनता कंगाल बनाइ भरे आफ्नो भकारी,
कोही विदेश कोही झेल कानमा तेल हालेर
नेताको नाम जपेर बसेका छन् डकारी ।
३)
रैछन् ठुला सिकारी
जनताका मदारी,
सुनको जुता लाउँछन्
हिजोका ती भिखारी।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest