साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.अमर कार्कीको ‘क्षितिजपारी’ कथासंग्रह लोकार्पित

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठले कथाकार डा. अमर कार्कीको ‘क्षितिजपारी’ कथासंग्रहले नयाँ सन्देश दिएको र कथाहरुमा नयाँपन रहेको बताउनु भयो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ वैशाख ७ । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज भएको कार्यक्रममा कथाकार डा.अमर कार्कीको ‘क्षितिजपारी’ कथासंग्रहको लोकार्पण सप्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा .डा .दयाराम श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, लेखककी आमा बुद्धकुमारी कार्की, वरिष्ठ आख्यानकारहरु प्राज्ञ माया ठकुरी र भागीरथी श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, भुँडी पुराणका केशव पराजुली, साहित्यकार सन्ध्या पहाडी लगायतले सो कृतिको लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठले कथाकार डा. अमर कार्कीको ‘क्षितिजपारी’ कथासंग्रहले नयाँ सन्देश दिएको कथाहरुमा नयाँपन रहेको बताउनु भयो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले कथाकार कार्कीलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गर्नुभयो ।

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्दै साहित्यिक पत्रकार संघको बारे जानकारी गराउँदै कथाकार कार्कीको सिर्जनशील जीवनको कामना गर्नु भयो । साथै अध्यक्ष लेकालीले कथाकार कार्की अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरको वर्तमान अध्यक्ष रहनु भएको बताउँदै फ्लोरिडा च्याप्टरको संक्षिप्त परिचय पनि गराउनु भएको थियो ।

लोकार्पित कृतिका सर्जक कथाकार कार्कीले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि बताउँदै कथा सिर्जनाबारे बताउँदै आफ्नो जीवनमा आमाको महत्त्वको चर्चा गर्दै आमा र नयाँ वर्ष कविता पनि वाचन गर्नु भयो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले कथाकार डा. अमर कार्कीको क्षितिजपारी कथासंग्रहमा संग्रहित बाह्र कथाको समीक्षा गर्दै कथाहरुले दिएको सन्देशबारे बोल्नु भएको थियो ।

साहित्यकार मन्जिला अनिलले सहजीकरण गर्नु भएको सो कार्यक्रममा कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुलीले पुस्तक प्रकाशनबारे बताउनु भएको थियो । कथाकार कार्कीलाई सम्मानसमेत गरिएको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र प्रमुख वक्ता सहित साहित्यकारहरु विक्रमभक्त जोशी, उषा के.सी. राजन नेउपाने र गायिका रित कँडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु कलानिधि दाहाल, तारा बराल, पवन आलोक, विमल भौकाजी, दिव्य गिरी, रोशन थापा, ममता मृदुल, तुलसी बस्नेत, डी. आर. राई, दुर्गाकिरण तिवारी, बिटु के.सी, राज रजकलगायत बाक्लो उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x