साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथुरी

पसु भनेर के गर्नु ? बुढालाई साह्रै माया गर्छिन् । बुढा गल्दै गए, सिकिस्त भए । कयौंदिन उनको मुखमा पर्नेगरी कल्चौंडोबाट दूध चुहाइरहिन्।

Nepal Telecom ad

आर.सी. रिजाल :

सन्तान हुर्के, लाखापाखा लागे।बुढी पनि बितिन्। एक्ले खेतको झुपडी भित्र एकापटी कथुरी गाई अर्कोपटी एक्ले बुढा सुत्छन्। बाछो मरे तापनि बुढालाई प्राणधान्न पुग्ने एकमुठी दुध दिन्छिन्।आफुले गाई स्याहर्न नसक्ने भएपछि एकदिन –“गौमाता आजबाट तिमी स्वतन्त्र भयौ। जङ्गलमा जाउ ,रोजीरोजी घाँस खाउ,,उतै रमाउ भन्दै किलोसहित दाम्लो बाहिर फाले।तर साँझ गाई गोठमै फर्किन्।घाँटीमा दाम्लो नबाँधिए पनि यथास्थानमै उभिइन्।यो सिलसिला केही दिन जारीरह्यो ।

पसु भनेर के गर्नु ? बुढालाई साह्रै माया गर्छिन् । बुढा गल्दै गए, सिकिस्त भए । कयौंदिन उनको मुखमा पर्नेगरी कल्चौंडोबाट दूध चुहाइरहिन् । एकरात बुढाको मृत्युु हुन्छ। उनले चाल पाइन् । गोठ घुम्दै बाँबाँ गरि कराइन्। बस्ती अलि टाढै भएकोले राती कसैले वास्ता गरेनन् ।बिहानी पख २/३ जना –” एक्ले बुढा गाई बाँधेर कता लागे ? बुढी गाई भोकले होला रातभर कराएको काराऎ छिन् ” भन्दै आइपुगे ।

अगेनो छेउमा उत्तानो परेको बुढाको नारी छामे सिताङ्ग । गाउँलेहरु जम्मा भए। घाटमा लास जलाएर फर्के। फर्कदा एकजनाले – “बुढी कथुरीले दुध नदिए पनि मलको लागि काम लाग्छिन् । म लान्छु ” भने। अरुले — लगेर पाल,धर्म हुन्छ भनि समर्थन जनाए।

एक्ले बुढाको माया र बिछोडको पीडाले हुनुपर्छ । तीनदिन भयो कथुरीको घाँटीबाट एक त्यान्द्रो घाँस नछिरेको। सायद बिरक्तिएर होला आज त चरनबाट हराइन् । पर्सिपल्ट गोठालाहरुले कथुरीलाई जङ्गलमा बाघले मारेछ भन्ने खबर ल्याए।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
किरियाखर्च

किरियाखर्च

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x