साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

गुड्डी हाँक्न, खुब ललकार्न त सबैलाई आउँछ उठाउन पो मुश्किल झार्न त सबैलाई आउँछ बलेको आगोमा हात सेक्दा के कमाल भन्छौ बनाउन हो कठिन बिगार्न त सबैलाई आउँछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
तीन र तीनको योग कसैगरि तीन गर्न सकिन्न
चिन्दै नचिनी मनमन्दिरमा आसिन गर्न सकिन्न
हेर्दै जा बोल्दै नबोल तँ मुख नखोली पर्खी बस
बोक्रो छामेर फलको स्वाद यकिन गर्न सकिन्न ।

२.
अरुलाई जाँच्दा जाँच्दै स्वयंलाई जाँच्नै बिर्सियोस्
आकाश नियाल्दा बाटाका काँडा भाँच्नै बिर्सियोस्
भविष्यको चिन्तामा यसरी पनि नहराउनु जिन्दगी
भोलीको कल्पनामा आजको दिन बाँच्नै बिर्सियोस् ।

३.
गुड्डी हाँक्न, खुब ललकार्न त सबैलाई आउँछ
उठाउन पो मुश्किल झार्न त सबैलाई आउँछ
बलेको आगोमा हात सेक्दा के कमाल भन्छौ
बनाउन हो कठिन बिगार्न त सबैलाई आउँछ ।

४.
कुनै वस्तु सारेझैं यताउता सार्न पनि मिल्दैन
जित्न पनि मिल्दैन र सजिलै हार्न पनि मिल्दैन
बिना युद्ध कब्जा जमाउने मनको मामिला हो
के के हुन्छ मैदानमा चित्र उतार्न पनि मिल्दैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x