साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी विधाता

झण्डा फेरिन्छ यहाँ, डण्डा फेरिँदैन आफ्नो दुनो सोझ्याउन कहिल्यै हेरिँदैन । कसैलाई मन्त्रीको भोक, कसैलाई शक्तिको प्यास गरिबको चुल्होमा त सधैं उस्तै छ उपवास ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

तिम्रै फेरो समात्नेको बन्छ भाग्य विधाता ।
न नीति चाहिन्छ, न त चाहिन्छ नैतिकता
सत्ताको वरिपरि घुम्छ आजको मानवता ।
​
काँध फेर्नु त हाम्रो पुरानै यो बानी हो
जता ढल्छ सत्ता, उतै हाम्रो लगानी हो ।
हिजोका शत्रु आज मुसुमुसु हाँस्छन्
एउटै थालमा बसेर स्वार्थका गाँस गाँस्छन् ।
नैतिकताको माला त उहिल्यै जपिसकियो
देश बनाउने सपना त कतै बिर्सिसकियो ।
​
बिहान एउटा मन्त्र, बेलुका अर्कै रङ्ग
गठबन्धनको खेलदेखि दुनियाँ छ दङ्ग ।
तराजुमा जोखेर निष्ठालाई बेचिन्छ
सत्ताको खेलमा त आफ्नैलाई नै छेकिन्छ ।
‘जनता’ शब्द त केवल भाषणको गहना भयो
कुर्सी नै यहाँ ईश्वर, कुर्सी नै चाहना भयो ।
​
झण्डा फेरिन्छ यहाँ, डण्डा फेरिँदैन
आफ्नो दुनो सोझ्याउन कहिल्यै हेरिँदैन ।
कसैलाई मन्त्रीको भोक, कसैलाई शक्तिको प्यास
गरिबको चुल्होमा त सधैं उस्तै छ उपवास ।
जय कुर्सी माता, तिम्रै महिमा अपार छ
जुन जोगी आए नि यहाँ, उस्तै कान चिरेको छ ।
​
लौ न प्रभु, यो ‘सत्ता-भजन’ स्वीकार गर
जनतालाई अलिकति धैर्य धारण गर्ने शक्ति भर !

०००
सिद्धार्थटोल, उदयपुर, नेपाल।
२०८२ चैत १० गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x