साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यक्षप्रश्न

हाम्रो यो पागलपनको पराकाष्ठा इतिहासको कुनै पानामा बनेर सार्वजनिक लज्जाको विषय उल्लेख होला कि नहोला कुन्नि...?

Nepal Telecom ad

मिलन समीर :

भैसकेका रहेछौँ हामी विवेकशून्य
गैसकेका रहेछौँ हामी पुरै पागलपनमा
लैसकेका रहेछौँ आर्यघाटमा सेलाउन
बाँकी बुद्धिविवेक र लज्जाको अस्तु !

सत्य सदैव अत्यन्तै तीतो भए जस्तै
यस्तै रहेछ हाम्रो वास्तविक यथार्थ !

जीवन ज्युँनूको नाउँमा
केवल ज्युँदो लासको रूपमा
धर्तीका लागि सबैभन्दा बोझ बनेर
बाँचिरहेका रहेछौँ हामी अझैसम्म पनि !

गर्भवती आमाहरु
अविरल आँसु बगाउँदै,
तथाकथित जान्ने भनेर छानिएको
बँधुवा हान्ने राँगोलाई नै बिर्साइदिने
खरानी ग्याङको बलमा भत्काइएको
घरतिर घरीघरी फर्किँदै
हिँडिरहेका छन् रुँदै,
सम्झिइरहेका छौँ
अमूक मान्छेलाई हामीले
र गरिरहेका छौँ पाइलैपिच्छे
उनै गर्भवती आमाहरुको
अविरल आँसुमाथि भद्दा मजाक !

किताब, कापी र खेलौनासँग खेलिरहेका
अबोध नानीबाबुहरू
रुँदैरुँदै भत्किएको बस्ती हेर्दै
निस्किरहेका छन्
अनिश्चित भविष्यको
ब्ल्याकहोल गन्तव्यतर्फ,
उनीहरूको आँसुमाथि
त्यही अमूक मान्छेको
इतिहासमै कालो पोतिएको
एक थान कुरुप अनुहार सम्झेर
गरिरहेका छौँ हामीले भद्दा मजाक !

अशक्त वृद्ध बाआमाहरु
अर्धबेहोशीको अवस्थामा
खरानी ग्याङले खण्डहर बनाइदिएको
बस्तीको भग्नावशेष पन्छाउँदै छन्
र खोजिरहेका छन्
जबर्जस्ती दबाइएका
सीमित इच्छा, आकाङ्क्षा र रहरहरू,
उनीहरुको अविरल आँसुले
पोलेको छैन हामीलाई अझैसम्म पनि
हामीले त तिनलाई
त्यही अमूक मान्छेकै आँसु ठानेर
गरिरहेका छौँ भद्दा मजाक !

समस्या समाधान हुनैपर्थ्यो
हुनैपर्छ जसरी पनि
र हुनेछ पक्कै पनि
यो अन्तिम सत्य हो,
तर आज यसरी रोइरहेका
यी अनाथ भुइँमान्छेहरू,
जरैदेखि उखेलिएर लखेटिएका छन्,
भोलि आफू उभिने अलिकति ठाउँ
यही माटोमा पाउलान् कि नपाउलान्…?

खरानी ग्याङको यो घोर तमासापूर्ण
अमानवीयताको पराकाष्ठा व्यवहार
उनीहरूले कहिल्यै बिर्सिन सक्लान् ?

तथाकथित विवेकशील
हाम्रो यो पागलपनको पराकाष्ठा
इतिहासको कुनै पानामा
बनेर सार्वजनिक लज्जाको विषय
उल्लेख होला कि नहोला कुन्नि…?

०००
करादीखोला, स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x