साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतो

आत्मविश्वासको "अ" नै नभएकाहरुले आफ्ना झिनामसिना कुरालाई लिएर अरुलाई मतोमा लगिरहेका हुन्छन् आफ्नै आत्मालाई ठगिरहेका हुन्छन् मूलबाटोमै बसेर हगिरहेका हुन्छन् !

Nepal Telecom ad

मिलन समीर :

यता हेर्‍यो यतै मतो बसिरहेका छन्
उता हेर्‍यो उतै मतो बसिरहेका छन्
त्यता हेर्‍यो त्यतै मतो बसिरहेका छन् !

तल हेर्‍यो तलै मतो बसिरहेका छन्
माथि हेर्‍यो माथि मतो बसिरहेका छन् !

दायाँ हेर्‍यो यहाँ पनि मतो बसिरहेका छन्
बायाँ हेर्‍यो त्यहाँ पनि मतो बसिरहेका छन् !

उहिलेदेखिकै यस्तो मतोमय माहोलमा
पुरै चुहिने नै भए तापनि
आफ्नो दुनो सधैं सोझ्याउन पल्किरहेकाहरु प्रायः
जता हेर्‍यो त्यतै मतो बसिरहेका छन् !

एउटाले अर्कोलाई लिएर मतो बसिरहेको छ
अर्कोले फेरि अर्कोलाई लिएर मतो बसिरहेको छ !

दुईजनाको ठाउँमा तीन जना मात्रै के भेटिएका हुन्छन्
पहिलोले दोस्रोलाई मतोमा लिएर गइसकेको हुन्छ
दोस्रोलाई तेस्रोसँग मतो बस्ने हतार भइसकेको हुन्छ !

कोही जीवनकै टोपी खस्ने
घनघस्याको उकालोमा
मतो बसिरहेका छन्
कोही जीवनकै खुट्टा काम्ने
आँधीखोले ओरालोमा
मतो बसिरहेका छन् !

नैतिक बलसहितको
आत्मविश्वास भएकाहरुले
आफ्नो जुनसुकै कुरालाई पनि
बकाइदाकासाथ सबैका अगाडि
जस्ताको तस्तै राखिरहेका हुन्छन्
अस्तित्वसहित बाँकि रहेका हुन्छन्
र त शानदार जीवन बाँचिरहेका हुन्छन् ।

आफ्नो कुरोको चुरो बुझाएर
छलफललाई अन्तिम निष्कर्षमा
पुर्‍याउने काम गरिरहेका हुन्छन्
खाली ठाउँ पुरै भरिरहेका हुन्छन्
आफ्नो सुवास छरिरहेका हुन्छन् ।

आत्मविश्वासको “अ” नै नभएकाहरुले
आफ्ना झिनामसिना कुरालाई लिएर
अरुलाई मतोमा लगिरहेका हुन्छन्
आफ्नै आत्मालाई ठगिरहेका हुन्छन्
मूलबाटोमै बसेर हगिरहेका हुन्छन् !

सधैंभरि … यसैगरी … उनीहरू
अरु कसैको अदृश्य इशारामा
संवेदनशील समयको बाढीमा हेलिएर
प्रतिकुल परिस्थितिको पहिरोसँगै
अदृश्य रुपमा बगिरहेका हुन्छन्
र दृश्य रूपमा अघि रहेका हुन्छन् ।

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
जिबी Rana
जिबी Rana
11 months ago

मतोमय मतो

Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x