देवीप्रसाद मिश्रअधिक पूजित हुन् अब ज्येष्ठ जन
वय गयाे, लयमा अविराम पर । तन छ जीर्ण सदा, कति छन् रहर।। परिधि,थाम्न सकूँ अझ भन्छ मन । अधिक पूजित हुन् अब ज्येष्ठजन ।।

देवीप्रसाद मिश्र :
मुदित बात मिठा, जनसज्जनमा
विनय बग्छ सदाशय झन् घटमा।।
अमर छन् बहुधा, इतिहास धन ।
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।।१।।
कहर कारकका, पल जीवनमा।
विविध पार गरी, क्रम साधनमा।।
अनुजका हितमा छ उदात्त मन।
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।।२।।
परिधिमा विधिका, शुभकर्म गरी।
मगजमा जनका नित चेत भरी ।।
गति अशक्त हुँदा भय बढ्छ किन ?।
अधिक पूजित हुन् अब ज्येष्ठजन ।।३।।
अथक वृद्धहरू कति छन् श्रममा।
कति अनाथ भए ,पर आश्रममा।।
रजत छैन पला, मन छन् जलन ।
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।।४।।
वय गयाे, लयमा अविराम पर ।
तन छ जीर्ण सदा, कति छन् रहर।।
परिधि,थाम्न सकूँ अझ भन्छ मन ।
अधिक पूजित हुन् अब ज्येष्ठजन ।।५।।
०००
हाल- काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































