साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सृजना मञ्चकाे काव्यगोष्ठी ५० औँ श्रृङ्खलामा

कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर कलानिधि दाहा विशिष्टमा डा. बमबहादुर थापा जिताली, डा. देवी पन्थी, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

‎काठमाडाैं, २०८२ साउन २२ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५० औँ विद्युतीय प्रसारबाट रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर कलानिधि दाहा विशिष्टमा डा. बमबहादुर थापा जिताली, डा. देवी पन्थी, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल हुनुहुन्थ्यो ।

कार्यक्रममा रचनाहरू प्रस्तुत गर्नेहरूमा – १. कलानिधि दाहाल – वर्षामास – अनुष्टुप् २. मबहादुर थापा जिताली – मुलुकको माहोल- असारे झ्याउरे ३. देवी पन्थी – शुभकामना ४. पुरुषोत्तम सिग्देल – हजार चन्द्र दर्शन – पञ्चचामर ५. गङ्गा लिगल-मुक्तक ६. जनार्दन अधिकारी धड्कन- नायकहरू-गद्य र खोरिया ७. लक्ष्मीप्रसाद मिश्र – नागको अर्चना – सुसेली ८. टेकबहादुर लौडारी – रोगको मन्त्रालय- स्रग्विणी ९. दुर्गाप्रसाद सिग्देल – दौडलाई बिर्साई – स्रग्धरा थिए ।

त्यसैगरी १०. चन्द्रावती अधिकारी – लेखक हाम्रा गौरव – शार्दूलविक्रीडित ११. परसुराम पराजुली – कोटा- अनुष्टुप् १२. जगदीश्वर पोखरेल – समानता- उपजाति १३. गणेश आत्रेय- आनन्द मद मनभाव गर्छ – वसन्ततिलका १४. गोमविक्रम – मुक्तक १५. रामचन्द्र न्यौपाने – बुझ्नेलाई श्रीखण्ड नबुझ्नेललाई खुर्पाको बिँड – अनुष्टुप् १६. बिनुबाबा घिमिरे – बुझी आँखा तरेका छन् – विधाता लगायतले रचना प्रस्तुत गरेका थिए ।

वाचित रचनाहरूको संक्षिप्त टिप्पणी परसुराम पराजुलीले गर्नुभएको थियो भने सहभागी हुनु भएका ललिता खरेल, रामकृष्ण अधिकारी, विष्णुप्रसाद पौडेल, पुष्पा मिश्र, वसन्त अधिकारी र शिखरनाथ ढकालले कार्यक्रममा शुभकामना मन्तव्य दिनु भएको थियो ।

जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो । ‎

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x