साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्भाग्य / विडम्बना

अहिलेसम्म पनि उसैगरि र्‍याले बूढो मालिकरुपी सिनोद्वारा फैलाइएको दुर्गन्धित पराकाष्ठामा अन्धभक्त, उत्तरआधुनिक मानसपुत्रपुत्री दासदासीहरु ! देखेर यिनीहरूको निर्लज्ज चर्तीकला लाजसमेत लजाइरहेको छ- यतिबेला !

Nepal Telecom ad

मिलन समीर :

र्‍याले बुढाहरू
पुरै नाङ्गिइसकेको त
उहिल्यैदेखि हो ।

वर्षौं अगाडिदेखि नै हो
र्‍याले बुढाहरु बुङ्गिन थालेको पनि ।

तर यतिबेला त पुरै
बुङ्गिइसकेका छन् र्‍याले बुढाहरु ।

र्‍याले बुढाहरूको
सर्वाङ्ग नाङ्गो स्वरुप देखिरहेका
अन्धभक्त, उत्तरआधुनिक
मानसपुत्रपुत्री दासदासीहरुले
आफ्नो अन्नदाता र्‍याले बूढो मालिकलाई
नाङ्गै- बुङ्गै हुँदा त झन् सुहाउँदो रहेछ भन्दै
“I Love You… बा !” नारा लाइरहेका छन्
सुनिनसक्नुको कर्कश आवाजमा
न्वारानदेखिको मुढेबल देखाएर… !

आफू पुरै नाङ्गै- बुङ्गै हुँदासमेत
झन् कस्तो सुहाउँदो रहेछ भन्दै
“I Love You… बा !” नारा लाइरहेका
अन्धभक्त, उत्तरआधुनिक
मानसपुत्रपुत्री दासदासीहरुलाई हौस्याउदै
लुत्रीरहेको लिङ्ग लिन्थिङ- लिन्थिङ हल्लाउँदै
पाँडेगाली दिइरहेका छन् र्‍याले बूढा मालिकहरु !

साक्षात शिवलिङ्गै सम्झिएर
र्‍याले बूढो मालिकको लुत्रे लिङ्गलाई
वर्षौंदेखि पुजा गरिरहेका छन्-
अन्धभक्त, उत्तरआधुनिक
मानसपुत्रपुत्री दासदासीहरुले !

मृत्युले समेत नपत्याएकै कारण
केवल ज्युदो लास बनेर बाचिरहेका
मरन्च्यासे र्‍याले बुढा मालिकहरुले
झगडाको बीउ मात्रै खोजिरहेका छन्
जोसङ्ग पनि निहुँ मात्रै खोजिरहेका छन् ।

सिनोझैँ डुङ्डुङ्ती गन्हाइरहेको
उहिलेदेखि नै हो र्‍याले बुढाहरु
तर फुलको सुवास सम्झेर
भवराझैँ लठ्ठिइरहेका छन्-
अहिलेसम्म पनि उसैगरि
र्‍याले बूढो मालिकरुपी सिनोद्वारा
फैलाइएको दुर्गन्धित पराकाष्ठामा
अन्धभक्त, उत्तरआधुनिक
मानसपुत्रपुत्री दासदासीहरु !

देखेर यिनीहरूको निर्लज्ज चर्तीकला
लाजसमेत लजाइरहेको छ- यतिबेला !

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x