साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कान सहितको सेवा

न कुनै आफन्त, न कुनै साथीभाई कहाँ बस्ने, के खाने ? कस्ले दिने बास ? गाउँमा पो बास पाइन्थ्यो । यो त शहर पो हो त । जे सुकै गर्न पनि पैसा चाहिन्छ । उनी कुहिरोको काग जस्तै बने ।

Nepal Telecom ad

राजेन्द्र पुडासैनी :

(यस कथाका घटना र पात्रहरू काल्पनिक हुन्, कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनसक्छ ।)

दलजीत थारुले पढेका छैनन् । झण्डै साठी वर्षको उमेरमा आएर यिनलाई अड्डा धाउने काम आइलाग्यो । अड्डा, अदालतका प्रकृयाहरू झन्झटिला हुन्छन् । नपढेका मानिसलाई कालो अक्षर भैसी बरावर ! फाइल कसबाट उठान हुन्छ, कसरी अगाडि बढ्छ र कहाँ गएर टुङ्गिन्छ यस्मा उनी बेखवर नै छन् । हुन त नागरिकहरूलाई सजिलो बनाउन नागरिक वडापत्र, हेल्प डेक्स लगायतको व्यवस्था कार्यलयले गरिरहेको हुन्छ । जब पढेकै छैन त नागरिक वडापत्र के हो ? हेल्प डेक्स के हो ? कसरी बुझ्‌ने ?

सरकारले कर्मचारीहरूलाई मुस्कान सहितको सेवा दिन अनुरोध गरेको छ । तर कर्मचारीहरू मुस्कुराउनै सक्दैनन् । उनीहरू तनावमा छन्, उनीहरू दवावमा छन् । माथिको आदेशले दवाव दिन्छ, अन्य असन्तुष्टिले तनाव दिन्छ । आखिर जीवन भनेको पनि तनाव, दवाव, खुसी र पीडाको संगम न हो । आउने, जाने समय निर्धारित हुन्छ । समयको पालना गर्नु कर्मचारीको जिम्मेवारी हो । तर गौँथलीको गुँडबाट फुत्त फुत्त गौँथलीहरू निस्किए झै कार्यालयबाट कर्मचारीहरू पनि सुत्त सुत्त निस्किन्छन । उनीहरू जान्छन्, कता त ? पहिले पहिले उनीहरू शेयर बजारतिर अघि बढ्थे । आजकल प्रविधि मैत्री जमाना आएको छ । सरकारले कार्यालयमा शेयर खरिद विक्रि कार्य गर्न रोकेको छ । यसैले अनलाइन कारोवार गर्न पाइँदैन । शायद अन्य काम विशेषले निस्किएका हुन सक्छन् ।

बेला बेलामा आन्तरिक र बाह्य रुपमा कार्यालयमा छड्के जाँच हुन्छ । यसो गर्न विभिन्न निकाय तोकिएका हुन्छन् । आन्तरिक रुपमा सम्बन्धित कार्यालयले छड्के गर्छ, अचम्म त के भने ढिला आउने कर्मचारीलाई किन ढिला आएको भन्दा उ रिसाउँछ । चाँडै जानेलाई किन छिटो हिँडेको भन्यो भने उ मुर्मुरिन्छ अनि बिदा स्वीकृत नगराई बस्नेलाई किन बिदा स्वीकृत नगरेको भन्यो भने उ चिढिन्छ । यो समस्या धेरै कार्यालयहरूको समस्या हो । अब कसरी मुस्कान सहितको सेवा उपलब्ध होला त ?

दलजीत थारु यताउती चहार्दै थिए । एक ठाउँमा धुम्रपान निषेध अर्थात नो स्मोकिङ लेखिएको थियो । उनले कोटबाट एउटा चुरोट निकालेर सल्काए अनि तान्न थाले । दोष यिनको होइन आदतको हो नत्र त आन्दोलनकारीले निषेधित क्षेत्र तोडे जस्ता किन निषेधित क्षेत्रमै धुम्रपान गर्थे होलान् र ? गार्डले देखेछ, उनलाई सम्झाई बुझाई गर्‍यो । उनले चुरोट मिल्काए ।

रिसेप्सनमा चार जना युवतीहरू हा हा र हो हो गर्दै थिए । सानी, ठुली, पातली र मोटी बीच बर्थ डे पार्टी मनाउन कार्यक्रम बारे छलफल चल्दै थियो । उनीहरू मम, पिजा, पुलाउ जस्ता खान्की बनाउने र सवैजना उस्तै लेहेंगाको पहिरनमा सजिने चर्चा चलाउदै थिए । यो सल्लाह हो कि हल्ला हो दलजीतले ठम्याउन सकेनन् । उनलाई एउटा शाखाबाट अर्को शाखा पत्ता लगाउन पनि कोलम्बसले अमेरिका पत्ता लगाउन भन्दा कठिन भएको थियो ।

धुमाई फिराई रुम्जाटार भने झै उनी त्यही रिसेप्सनमा आइपुग्छन् । नानी, मेरो एउटा फाइल थियो त्यो कहाँ पुग्यो होला ? नानीहरू सवै वर्थ डे को योजना बनाउँदै थिए । उनीहरूको योजना सुन्दा त अब राष्ट्रिय योजना आयोग नै खारेज गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। पातली चाहिँले भनि ‘ए दाइ उहाँको फाइल दर्तामा छ कि एक पटक उहाँसँगै गएर सोधी दिनोस् त ।’ सायद उ कुनै कार्यालय सहयोगी हुनसक्छ । उक्त कर्मचारी दलजीतलाई लिएर जान्छ उनको फाइल मुख्य हाकिमको कोठाबाट ‘छलफल’ शाखामा पुगेको रहेछ ।

बिहानै खाना खाएर आएका थिए । कोठा कोठा चाहार्दा चाहार्दै उनलाई पनि भोक लागेर आयो । त्यसमा पनि कार्यालयको टिफिन ब्रेक कहिले टि ब्रैक त सामान्य नै हो । उनको नजर चमेना गृहतिर पुग्यो । कार्यालयमा मात्र होइन, चमेना गृहमा पनि विभिन्न शाखाहरू रहेछन् जस्तै पिजा, मम शाखा, पेष्ट्री, पेट्रिज शाखा, समोसा, चाउचाउ शाखा, जेरी स्वारी शाखा, मटन, चिकेन शाखा । उनलाई जेरी स्वारी नै उपयुक्त लाग्यो । पैसा तिर्ने बेलामा एउटी महिलाले सोधी बा तपाईं फोन पे गर्ने कि क्यास पे ? उनी अलमल परे । फोनबाट पनि पैसा तिर्न मिल्छ र नानी ? उनले अचम्म मान्दै सोधे । किन नमिल्नु र बा आजकल प्रविधिको जमाना छ । फोनबाट पनि तिर्न मिल्छ नि । उनले खाएको रकम नगदै तिरे । क्यान्टिन कि नानी चाहिँ व्यापार व्यवसाय फस्टाएर हो कि के हो, हँसिली रहिछन् । मुस्कान सहितको सेवा त यता पो उपलब्ध रहेछ ।

कार्यालयको समय सकियो । उनलाई भोलि फेरि आउनु पर्ने भयो । भोलि कहिल्यै आउदैन भन्छन् । उनलाई भने जसरी भए पनि भोलि आउनु नै छ । तर आज चाहिँ कहाँ जाने होला ? न कुनै आफन्त, न कुनै साथीभाई कहाँ बस्ने, के खाने ? कस्ले दिने बास ? गाउँमा पो बास पाइन्थ्यो । यो त शहर पो हो त । जे सुकै गर्न पनि पैसा चाहिन्छ । उनी कुहिरोको काग जस्तै बने । धन्य एक जना सज्जन फेला परेछन् र उनले धर्मशाला जान सुझाएछन् । खोज्दै, सोध्दै धर्मशाला पुगे । एउटा सानो कोठा फेला पर्‍यो । त्यही कोठामा भोलिको चिन्ता गर्दागर्दै भुसुक्क निदाएछन् । के भोलि उनको अड्डाको काम सकिएला त ?

०००
घट्टेकुला, डिल्लीबजार
मिति २०८२/१/१५
फोन नं. ४७७००५४, मोबाइल : ९८४१३७४६३७

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramjee Lamichhane
Ramjee Lamichhane
1 year ago

गजवको सिर्जना! हार्दिक बधाई सर❤️❤️🙏🙏

Nepal Telecom ad
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
जाँड, रक्सी, चुरोट…

जाँड, रक्सी, चुरोट…

राजेन्द्र पुडासैनी
मैले किन आत्महत्या गरेँ ?

मैले किन आत्महत्या गरेँ...

राजेन्द्र पुडासैनी
अहिंसा परमोधर्म

अहिंसा परमोधर्म

राजेन्द्र पुडासैनी
काल महिमा

काल महिमा

राजेन्द्र पुडासैनी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x