सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अहिंसा परमोधर्म

तर बिर्सन नहुने कुरा के हो भने कलियुगमै बृद्ध, महाविर, जिससले अहिँसा फैलाएका छन् । अबको युगको माग हिँसाबाट अहिँसा तिर, युद्धबाट शान्तितिर हैन तँ, बिनासबाट बिकास तिर हुनुपर्ने हैन र ?

Nepal Telecom ad

राजेन्द्र पुडासैनी :

हिंसा भनेको हिंसात्मक गतिविधी हो । हत्या, बलात्कार, कुटपिट गालीगलौच, कटुबचन हिँसा हो । हिंसात्मक गतिबिधीलाई निषेध गर्नु अहिँसा हो । समाजमा महिला हिँसा, घरेलु हिँसा, यौन हिँसा, बाल हिँसा लगायतका अनेक रुप छन् । हामी के देख्छौं भने हिँसात्मक गतिविधी बिरुद्ध निषेधाज्ञा जारी हुनुपर्ने हो तर प्रजातान्त्रिक अर्थात शान्तिपूर्ण आन्दोलनमा समेतमा निषेधाज्ञा जारी हुन्छ । कतिपय अवस्थामा जुलुस, धर्ना, शान्तिपूर्ण आन्दोलनमा समेतमा निषेधाज्ञा जारी गरिन्छ र अनायासै अश्रुग्यास, लाठीचार्ज, गोली, लछारपछार, पानीका फोहोरा फालेर हिँसात्मक वातावरण पो तयार पारिन्छ । यस्लाई कस्तो अ(हिँसा) मान्ने ?

हुन त हाँस, कुखुरा, खसी, बोका, भेडा–च्याङग्रा जस्ता पशुपन्छिको कारटमार वा पशुबलि पनि हिँसा हो । पशुहरुको पनि आफ्नो बाच्न पाउने अधिकार हुन्छ । निर्दोष पशुपन्छिको बलि दिनु धर्म होइन । धर्म भनेको धारण गर्ने कुरा हो अर्थात राम्रो कुरा लिदै जानु र नराम्रो कुरा छाड्दै जानु धर्म हो । के राम्रो के नराम्रो आ–आफ्नो मान्यता र बिश्वास होला । तर पशुपन्छिको बाँच्न पाउने अधिकार बिरुद्ध उनीहरुलाई रेट्नु कसरी धर्म हुन्छ ? एक थरी मानिसहरु के भन्छन् भने यस्ता पशुपन्छिको काटमार नगर्ने हो भने पर्यावरणीय सन्तुलन कायम गर्न सकिँदैन । संसारभर पशुपन्छिकै राज चल्छ । मानिस पशुपन्छिको दास बन्छ । कस्तो अचम्म ! चन्द्रमामा पाइला राख्ने र मंगलग्रहमा बस्ती बसाउन चाहने मानिसले पशुको व्यवस्थापन गर्न सक्दैन ? पर्यावरणीय सन्तुलन कस्को कारण खलबलिएको छ ? नदी किनारमा गिटी, बालुवाका दोहन गर्नु पर्यावरणीय सन्तुलन हो ट्रिपका ट्रिप ढुङ्गा, बालुवा, गिट्टी निकालेर स्वच्छ नदीनाला कस्ले मासेको छ ? मठमन्दिर अनि नदी किनाराका जग्गा अधिक्रमण कस्बाट हुन गइरहेको छ ? डोजरे विकासका नाममा डाँडाकाँडा मासेर वातावरणीय सन्तुलन कसले खलबललाई रहेको छ ? सहर, गल्ली यत्रतत्र फोहोरका डङ्गुर कस्ले थुपारिरहेको छ ?

विकासको मुल फुटाऔं भन्ने नारा सुनिएकै हो । आज विकास होइन, विनासको मुल फुटदैछ । विनासकाले विपरित ब्‌द्धि त्यसै भनिएको छ र ? आज बनजङ्गल अतिक्रमणको चपेटामा परेको छ । सिकार खेल्न र मार्न प्रतिवन्ध लगाइएका जङ्गली जनावरहरुको चोरी शिकारी बढदैछ । कस्तुरी, मृग, हरिणको अवैध शिकार भइरहेछ । गैडाको खाग, हात्तीका दाह्रा, बाघको छाला, कस्तुरीको बिनाका लागि अवैध शिकार चल्दैछ । जनावरलाई पासो थाप्ने, करेण्ट लगाउने गोली हान्ने जस्ता निषेधित काम हुँदैछ । के यो सबै हिंसा होइन ? चारैतिर हिँसात्मक गतिविधि छ र हामी अहिँसाको रट लगाउँदछौं ।

साना साना बचेराहरुको आहाराको खोजीमा निस्किएका भाले–पोथीलाई कसैले मासुको लोभमा मारिदिन्छ भने के ति बचेराहरु अनाथ र टुहुरा हुदैनन् र ? कस्ले सोच्ने, कस्ले विचार गर्ने ? कालिज, डाँफे, मुनाल, मयुर यी सबै चराचुरुङ्गी हाम्रा बनजङ्गलका सौर्न्दय हुन् । यिनीहरुलाई मार्न पाइदैन । शिकार गर्न पाइदैन । सजायको भागिदार बन्नुपर्छ । कानूनले निषेध गरेको छ । तर समय समयमा यिनका पनि शिकार हुदै आइरहेका छन् । यिनका शिकार पर्यावरणीय विनाश हो भने यिनको बध ँिहसा होइन ?

सुष्टिको सुरुवातसंगै हिँसा जन्मिएको देखिन्छ । भगवान बिष्णुले मधु र कैटभ नामक दानवहरुलाई मारे पछि नै हिँसाको सुरुवात भएको थियो । त्यसपछि हिँसा मडारिन थाल्यो । देवी दुर्गाले गर्नुभएको रक्तबिज, महिषासुर बध देखि लिएर त्रेतायुगमा रावणबध हिँसा नै थियो । द्वापर युगमा भगवान कृष्णको समयमा महाभारतको महासंग्राम मच्चियो । महाभारको युद्ध मार्फत कृष्णले के सन्देश दिनुभयो भने यदि हिँसाको अन्त्य गर्नका लागि फेरि नि हिँसाकै सहायता लिनु पर्छ भने त्यो हिँसा जायज हुन्छ । भलै युद्धको परिणम दुःखदायी हुन्छ नै । तर गीतारुपी अमृत बचन पनि उक्त युद्धको ठुलो उपलब्धी थियो । कलियुगमा प्रथम र द्वितिय बिश्वयुद्ध भै सकेका छन् । आज रुस र युक्रेन युद्ध चल्दैछ । इजरायल र हमासको युद्ध चल्दैछ । तर बिर्सन नहुने कुरा के हो भने कलियुगमै बृद्ध, महाविर, जिससले अहिँसा फैलाएका छन् । अबको युगको माग हिँसाबाट अहिँसा तिर, युद्धबाट शान्तितिर हैन तँ, बिनासबाट बिकास तिर हुनुपर्ने हैन र ?

अब मान्नुस कि तपाईंको घर आगनमा बुद्ध आउनुभयो । उहा केही शिष्यसहित भिक्षापत्र बोकेर आउनुभयो र तपाईहरुका घरदैलो चहार्दै हुनुहुन्छ । तपाईंको घरमा दाजुभाइ बीच आलीको विवादमा चर्काचर्की चल्दैछ । छिमेकमा खसी काट्न भनेर कसैले तलबार उठाउदैछ । अर्को गाँउमा पानीको मुहान थुनिएको निहुँमा ढुङ्गामुढा हानाहान भइरहेको छ । कुनै अवला नारीले आफू लुटिन पुगेको भनेर गाँउलेसँग रुवावासी गर्दैछिन् । अब भन्नोस् बुद्ध के सोचेर फर्किएलान् ? भिक्षा लिएर जान् कि रित्तो हात ? के बुद्धको लागि अहिँसा परमोधर्म हैन र ? उहाँकै अगाडि कसरी पाच्य होला ?

अहिंसा कमलको पात झै नरम र मुलायम हुन्छ । यसभित्र पवित्रता कोमलता शान्ति र सृजना लुकेको हुन्छ । हिँसा इन्द्रको बज्र जस्तै कठोर हुन्छ । यस्मा दया, माया, करुणाका केही भाव रहन्न । हिँसा औसीको रात हो, अहिँसा पूर्णिमाको जुन । तसर्थ हत्या, हिँसा त्यागौ शान्ति र अहिँसा अपनाऔं । अहिँसा परमोधर्म मुलमन्त्र जपौं ।

०००
घट्टेकुला, डिल्लीबजार
फोन नं. ४७७००५४ / मो. नं. ९८४१३७४६३७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काल महिमा

काल महिमा

राजेन्द्र पुडासैनी
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x