साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँड, रक्सी, चुरोट…

जमिनलाई पानी र पानीलाई जमीन देख्दै छु, बाबु ।” मुखमा सुप भएकोले मेरो मुख गनाएको थिएन । उनी आफ्ना घरतर्फ लागे । बाटोमा आउँदै गर्दा गाउँ आइपुगेछ ।

Nepal Telecom ad

राजेन्द्र पुडासैनी :

नशा भनेको दशा हो । दशा लागेपछि के लाग्छ ? कि त टी.वी लाग्छ, कि त क्यान्सर जाग्छ । नशा वास्तवमा कुम्भकर्णको भाइ रहेछ । लागेपछि छुटाउनै गाह्रो । त्यसमा पनि नानीदेखिको बानी !

फलामलाई चुम्बकले ताने झैँ भट्टि–पसलेले मलाई तन्न थाल्यो । कोट, पाइन्ट लगाएँ अनि तैयारी गर्न लागे भट्टितिरको । यसो खल्तिमा हेरको त ठण्डारामा । कोट लगाएको बेला नाोट नहुँदाको भन्दा ठुलो चोट कुनै हुन्छ त ? यसो सोचे उनको फरिया भए पनि लिएर जाऊँ । पसलकी साहुनीलाई लगाउन भैहाल्छ । आजको दिन त टर्ला । अनि भोलि नि ? भोति त कहिल्यै आउँदैन । भोलि जब कहिल्यै आउँदैन भने के को भोलि । भोलि सोलि मार्दे गोली । जान भनेर उनको फरिया झोलामा हाले । यत्तिकैमा तल्लो तलामा उनको आवाज सुनियो । पर्‍यो फसाद । कपडाको पोको देखेर उनले झुण्डिएर मरिदिन्छु भनिन् भने के गर्ने ? फरियालाई छोडेर मेरो नजर पर्‍यो लालीमा जुन उनका दाजु फिनल्याण्ड जाँदा ल्याइदिएका थिए । त्यसैलाई टिपेर हिँडे ।

मैले सोचे भट्टीका साहुजी–साहुनीले पढेका छैनन् । फिनल्याण्डको भए पनि इङगल्याण्डको भनेर भनिदिन्छु । बेलायती भनेपछि कुकुरको त कत्रो मान हुन्छ, लालीको नहोला ? लालीलाई कोटमा हालेर लागे भट्टितिर ।

करिब एक घण्टाको बाटो थियो । चुरोटको तलतल लाग्र थाल्यो । अब के गर्ने ? तर बात सुल्झिहाल्यो । सोचे बाटामा भान्जाको दुकान पर्छ,उनैसँग मागुँला । केही वेरपछि भान्जाको पसल आयो । मलाई देख्नासाथ उनले सोधे, ओहो मामा, मामाकतातिर ? मैले भने शहरसम्म जाउँ भनेर नि भान्जा ! बैंकबाट एक–दुई हजार निकाल्न भनेर जान लागेको । उनले मलाई चिया पिएर जान भने । उनी चिया पकाउन लागेको समयमा मैले सुटुक्क तीन–चारवटा चुरोट बगलीमा हालेँ । मलाई चिया पिउन दिएको केही वेरपछि उनले चुरोट पाएनन् । यहाँको चुरोट कहाँ गएछ?उनले भने ।

मैले भने चुरोट सलाई त भान्जा बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । नत्र त बच्चाहरू चोरेर खान थाल्छन् । उनले भने के गर्ने मामा आफू एउटाले सबै हेर्न गाह्रो । अ साँच्ची त मामा पनि चुरोट पिउनुहुन्थ्यो कि ?!

मैले भने हैन भान्जा मैले आजकल चुरोट पिउनै छोडेको छु । पिएर अघाउने हैन । बरु म लागे पनि । ‘हस् त मामा, आउँदै गर्नोस् न’ उनले भने ।

बाटामा हिँड्दा मैले सोचे पक्कै भान्जालाई मैले चुरोट चोरे भन्ने लागेको छैन । मेरा कुरा उनले विश्वास गरेका छन् । चुरोट सल्काउन खोजेँ सलाई छैन । बाटामा आउँदै गरेको मान्छेसँग मागरे चुरोट सल्काएँ । सोचँे एउटा चुरोट नसकी अर्को त्यसमै सल्काउँछु । मनका कुरा खेल्न थाले सोचे मानिसहरू रक्सी चुरोट खाएपछि रोग लाग्छ भन्छन् । पीरभन्दा ठूलो अरु कुनै रोग छ त?पीरको औषधि दिन न डाक्टर सक्छ न वैद्य । पिरको दाँजोमा टी.वी. क्यान्सर त मामुली रोग त हुन् । यत्तिकैमा भट्टी पसल आइपुगेकोले साहुजीलाई सुटुक्क भने बेलायती लाली लिनुहुन्छ ? साहुनीलाई भैहाल्छ नि ।

उनले भने, “कस्तो लाली हो, विनसित्तिको पो हो कि ?” मैले भने, “धरोधर्म साहुजी बेलायती । बरु कति पैसा दिनुहुन्छ नि?” उनले भनेँ, “पैसा त म दिन्न । एक डबका जाँडसम्म दिन्छु ।” मैले भने, “एक डबका ? मानिस बीस रुपियाँ र तीस रुपियाँ भन्छन्, झन् साहुजी आफ्नो मानिस भनेको त । “जे सुकै भन् । दुई डबकाभन्दा बढी दिन सक्तिन,” उनले भने । अन्तमा दुई डबका जाँड र अलिकति भटमासको अचार दिन उनी राजी भए ।

जातले बाहुन भए पनि लतले ‘डाउन’ भएपछि कसको के लाग्छ ? मैले आफ्नो लगाएको जनैलाई एउटा किलामा झुण्डयाएर त्यहीँ दुई बडका जाँड र अचार खाएँ । जनै नभएकोले अब म ब्रतबन्ध नगरेको मानिस ठहरिएँ । ब्रतबन्ध नगरेकाले जे खाए पनि के भो र ? जाँडसाड पिएर तैयार भएँ घर फर्कन । जनै पनि लगाएँ । बाटामा आउँदा एकजना छिमेकी गाउँका भतिजा पर्ने मानिस भेट भए । मलाई नशा चढ्न सुरु भैइहाल्यो । अलि लरखराएर हिंडेको देखेर उनले भने, “काकालाई सन्चो छैन कि?” मैले भने, “दुई तीन–दिन भयो नसुतेको । यसैले जमिनलाई पानी र पानीलाई जमीन देख्दै छु, बाबु ।” मुखमा सुप भएकोले मेरो मुख गनाएको थिएन । उनी आफ्ना घरतर्फ लागे । बाटोमा आउँदै गर्दा गाउँ आइपुगेछ । मलाई देखेर कुकुर भुक्न लागे ।

“मलाई चिनेनौं मोरा हो ? म तिमीहरूको गाउँले । गाउँलेलाई गाउँलेले नै टोक्रन खोज्छौ ?” मैले भने । केही वेरपछि म घर आइपुगेँ ।

घरमा के पसेको मात्र थिएँ । मलाईभन्दा बढी नशा उनलाई चड्न लाग्यो । रिसाउदै उनले भनिन् “सधै रक्सी, सधैँ रक्सी ।” मैले भने, “आज रक्सी खाएको भए तिम्रो मासु खानु ।” “रक्सी नखाएरै यस्तो हालत भएको होला,” उनले भनिन् । मैले भने, “आज रक्सी खाएको भए जे किरिया पनि हाल्न सक्छु, आज त सिर्फ जाँड ।”

०००
गोरखापत्र (२०४९ असोज १०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
मैले किन आत्महत्या गरेँ ?

मैले किन आत्महत्या गरेँ...

राजेन्द्र पुडासैनी
मुस्कान सहितको सेवा

मुस्कान सहितको सेवा

राजेन्द्र पुडासैनी
अहिंसा परमोधर्म

अहिंसा परमोधर्म

राजेन्द्र पुडासैनी
काल महिमा

काल महिमा

राजेन्द्र पुडासैनी
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x