साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्कल, सञ्चै हुनुहुन्छ ?

वाह, क्या थुपार्नु भो!! तर कसका लागि थुपार्नु भो? मानसिक स्वास्थ्य ठीक छ ? निदाउनु हुन्छ ? ट्याब्लेट नलिई निन्द्रा लाग्छ ? अंकल, सञ्चै हुनुहुन्छ ?

Nepal Telecom ad

ईश्वर पोखरेल :

जागिर/व्यवसाय गर्नु भो
तर तलब/इमानको कमाइ नाथे त तपाईका लागि
उही घुरहु महतोको थलियामा धनियाँको चट्नी जस्तो न हो;
पहुँच बढाउनु भो;
पहुँचको दुरुपयोग गर्नु भो;
र शुद्ध बिचौलिया हुनु भो;
र, धन थुपार्नु भो;
धन थुपार्नका लागि–
पेशागत नैतिकताको ख्याल गर्नु भएन
सामाजिक मर्यादा नाथे हेर्नु भएन
भाइभतिजा जाबालाई गन्नु भएन
यस राज्यका नियम कानूनलाई
मज्जाले ‘धोती’ बनाउनु भो;
अब बुढो हुनु भो;
अंकल, सञ्चै हुनुहुन्छ ?

हरेक आन्दोलनलाई पासो थाप्नु हुन्छ– तपाई,
र, उपलब्धिलाई फड्केमा पार्नु हु्न्छ;
हरेक पटकको परिवर्तनमा दङ्ग पर्छौं– हामी
र, बाजी तपाई मार्नु हुन्छ ।
र, आफ्नो बर्गत खर्च गर्नुहुन्छ–
समाजलाई विषाक्त बनाउन;
र, जोड्नु हुन्छ– मौजामौजा
बनाउनु हुन्छ– लालपूर्जाको खात
बढाउनु हुन्छ- बैङ्क ब्यालेन्स
पचाउनु भयो–
लाज, घिन, बन्धुत्व, मर्यादा र मानवीयता;
र, सबै विरोध, आन्दोलन र परिवर्तनलाई पचाउँदै आउनु भयो;
पाचन प्रक्रिया अब कस्तो छ ?
अंकल, सञ्चै हुनुहुन्छ ?

छोरीले विदेशमै घरजम गरी
ऊ अब कसरी फर्केली र !
छोरो आफै पढ्न विदेश गयो;
जानु के थियो–
ऊ झन् सम्पर्कमै नआउने भयो;
नियमकानून मिचेर
सज्जनलाई थिचेर
पाँच पुस्तालाई सुतीसुती खान पुग्ने
यत्रो जो थुपार्नु भो;
वाह, क्या थुपार्नु भो !!
तर कसका लागि थुपार्नु भो ?
मानसिक स्वास्थ्य ठीक छ ?
निदाउनु हुन्छ ?
ट्याब्लेट नलिई निन्द्रा लाग्छ ?
अङ्कल, सञ्चै हुनुहुन्छ ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x