साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश हाँक्दा

उही मक्ख पर्ने गुथेको छ फेटा पुराना हटाऊ सबै खोज केटा नयाँ बन्छ नेपाल सोचौं सबैले चुन्यौँ राष्ट्रघाती बुझेनौँ कसैले ॥

Nepal Telecom ad

जगदीश्वर पोखरेल :

सिकायो बुझायो नजान्ने नसिक्ने
सधैं रोष पोख्ने भनेको नमान्ने
यता बोल्छ नेता छिमेकी खराब
उता खान्छ नेता उसैको सराब ॥१

विदेशी कलाले बनाएर शेष
पुरानै छ पार्टी बदल्दै छ भेष
जता भोज ख्वाए उतै जान्छ भोट
लुटेका लुट्यै छन् बदल्दो छ कोट ॥२

हकारेर खाने छिमेकी भनेको
बडो झुक्छ नेता छ बानी परेको
लुरे स्याल नेता बनी हो झुकेको
कठै! रुन्छ आत्मा छ माटो लुटेको ॥३

उही मक्ख पर्ने गुथेको छ फेटा
पुराना हटाऊ सबै खोज केटा
नयाँ बन्छ नेपाल सोचौं सबैले
चुन्यौँ राष्ट्रघाती बुझेनौँ कसैले ॥४

गए देश नाङ्गै बनाएर टाढा
सदा देशको नै बनोस् स्नेह गाढा
बडा शक्तिशाली युवा छौ हिमाले
मिली रक्त पोखून धरामा युवाले ॥५

बनी देश सेवी धरा यो हँसाओं
युवा शक्तिलाई नयाँ काम लाऔं
छिमेकी छ हेप्दै कुनै काम चुक्दा
उठोस् उच्च माथा बनोस् देश हाँक्दा ॥६

०००
सन्तोषीनगर, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

बेस कबिता

Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x