साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे सरकार !

अपराधी जेल जाँदाजाँदै बिचैमा महामहिमकाे आकाशवाणी झर्छ गणतन्त्रमा बेइमानलाई माफी दिनुपर्छ असहाय लुटिन्छ डाक्टर कुटिन्छ भान्सामा दाल हाेइन बजारमा भाउ उम्लिएकाे छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हामीलाई भए हाेस् नभए नहाेस्
तर यहाँकाे जय हाेस् ।

हरेक पल्ट सडकमा आउनुपर्ने
न्याय पाउँ भनेर मुख बाउनुपर्ने
हजुरहरुकाे ढाेकासम्म धाउनुपर्ने
ढाेका बन्द भए चिच्च्याएर नारा लाउनुपर्ने
हामीजस्तालाई भए हाेस् नभए नहाेस्
तर यहाँकाे जय हाेस् ।

अपराधै अपराधका रातहरु
मर्मर कुल्चिएर
हाम्राे विश्वासमाथि
विश्वासघातकाे मदिरा पिएर
तपाईंका बुटहरु
डाक्टर र माष्टरका भाग्यमाथि बजारिएका छन्
गरीब किसान र श्रमजीवीकाे हुर्मत झारिएका छन्
आश्वासनका अनगिन्ती झाेले पाेकाहरु
कहिले याे किनारा

कहिले उ किनारा सारिएका छन्
कुनै दुर क्षितिजका
अनिश्चित भाग्यरेखासँग जिस्किन विवश
हामीजस्तालाई भए हाेस् नभए नहाेस्
तर यहाँकाे जय हाेस् ।

चुनााव सकिएकाे चारदिन पछि
चाैरासीकाे धमास सुन्नुपर्ने
झुटा अभिव्यञ्जना काेथरिएका
मनमाैजी कर्कस आवाज सहन नसकेर
हरेकपल्ट कान थुन्नुपर्ने
तपाईंका खेलहरु तपाईँका झेलहरु
सदनभित्रका ठेलमठेलहरु
बेराेजगार भएर हेर्नपर्ने
आफू पछारिएकाे
पराजित निश्वास जबर्जस्त फेर्नपर्ने
हामी जस्तालाई भए हाेस् नभए नहाेस्
तर यहाँकाे सँधै जय हाेस् ।

अपराधी जेल जाँदाजाँदै
बिचैमा महामहिमकाे आकाशवाणी झर्छ
गणतन्त्रमा बेइमानलाई माफी दिनुपर्छ
असहाय लुटिन्छ
डाक्टर कुटिन्छ
भान्सामा दाल हाेइन बजारमा भाउ उम्लिएकाे छ
दशैं हाेइन
कुहिएको उत्सव बेच्ने दाउ उम्लिएकाे छ
अव्यवस्था र अराजकताकाे
रमिता हेर्न विवश
हामीजस्तालाई भए हाेस् नभए नहाेस्
तर यहाँकाे सँधै जय हाेस् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Navaraj Neupane
Navaraj Neupane
1 year ago

दमदार र वजनदार व्यङ्ग्य छ बन्धुको ! फित्कौलीमा म पनि लेख्ने गर्छु , हेर्दै गर्नुहोला है हजुर !

Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
1
0
Would love your thoughts, please comment.x
()
x