साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुइ छाेटा कविता

जो, ढिलै भए तापनि हावाको एक झोँकासँगै पुरै बढारिएका छन् सधैं- सधैंका लागि... र सियो नै हराए पनि सजिलै भेटिने भएको छ- यतिबेला यो देशको आँगन !

Nepal Telecom ad

मिलन समीर :

१) कसिङ्गर

किनेर नयाँ कुचो
राम्रोसँग बढारेर फाल्नैपर्ने
भइसकेको थियोे-
केही पुराना कसिङ्गरहरुलाई
जो, ढिलै भए तापनि
हावाको एक झोँकासँगै
पुरै बढारिएका छन्
सधैं- सधैंका लागि…
र सियो नै हराए पनि
सजिलै भेटिने भएको छ-
यतिबेला यो देशको आँगन !

२) पिलो

कुठाउँमा निस्किएर
वर्षौंदेखि धुरुक्कै रुवाइरहेको
एउटा बूढो कुहिगन्धे पिलो
गिर्खोसहित निचोरिएर
पुरै सकिएको छ- भर्खरै !

कामना गरौँ,
यस्तो कुहिगन्धे पिलो
जहाँबाट जसरी आएको थियोे,
त्यतैतिर त्यसरी नै जाओस्
अब फेरि फर्केर कहिल्यै नआओस् !

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x