साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महास्वार्थी मिलन समीर

हाडीघोप्टे हनुमानहरुको दोषी नजरमा भुइँमान्छेको उत्तरआधुनिक अवतारको रूपमा करादीखोलाको काखमा अवतरण गरेको केटो यो मिलन समीर महास्वार्थी नभएर अरु के हुन्छ ?

Nepal Telecom ad

मिलन समीर :

यतातिरबाट पनि आफ्नो दुवै हातले सोहोर्ने
उतातिरबाट पनि आफ्नो दुवै हातले सोहोर्ने
तलतिर भएका कुराहरु पनि केही बाँकी नराख्ने
माथितिर भएका कुराहरु पनि केही बाँकी नराख्ने,
आफ्ना दुवै लोभी आँखाले देखे जतिका कुराहरु
केही पनि बाकी नराखीकन सदैव सबैथोक
आजीवन आफू एक्लैले सोहोर्न मात्रै खोज्ने
बकाइदाका साथ आफ्नै दुनो सोझ्याउने बाहेक
दायाँबायाँ अरु बढी केही पनि सोच्दै नसोच्ने,
अरु कोही कसैले तपाईं भनोस कि नभनोस
स्वयं आफैंले मपाइत्वको लिडेजात्रा देखाएर
अहिलेसम्म आफ्नै बखान मात्रै छाँटिरहेका
स्वबखानप्रेमी पापी मन भएका
भर्भराउदो अगुल्टोले हानिएका
भुस्याहा लुते कुकुरहरूसङ्गै
भदौ महिनामा दुवै आँखा फुटिसकेका
र, अहिलेसम्म भकारो ओगटेर बसिरहेका
मरन्च्यासे बुढा गोरुहरुदेखि लिएर
बच्चैदेखि ढ्याब्रे चस्मा लगाइरहेका
हाडीघोप्टे हनुमानहरुको दोषी नजरमा
भुइँमान्छेको उत्तरआधुनिक अवतारको रूपमा
करादीखोलाको काखमा अवतरण गरेको केटो
यो मिलन समीर महास्वार्थी नभएर अरु के हुन्छ ?

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x