
खायक्रम खाञ्चालन
अब करिब आधादर्जन खोक्ताहरूले आ आफ्नो गर्जन खोकी प्रस्तुत गरिसकेपछि हामी सबैले एकैसाथ हसुरणम खायक्रम गरिकन आफ्नो बाटोको माटोतिर लाग्नेछौं ।

रामकृष्ण ढकाल :
यस स्वाहाकक्षमा उपस्थित सम्पूर्ण हाहानुभावहरूलाई यो खायक्रम सञ्चालक बत्तुर्मान चतुरेको नमस्कार । आज फलानो व्यक्तिको नाममा रहेको ढिस्कानो संस्थाद्वारा तपाईं मपाईं सबैको आफ्नै नगरी निर्विवेकपुरमा आयोजित यो खायक्रममा यो मञ्चमा उभिएर सबैभन्दा धेरैपटक बोल्ने अवसर प्रदान गर्नु भएकोमा म ढिस्कानो संस्था तथा त्यसका सम्पूर्ण पदाधिकारीहरूलाई सविनय चाप्लुसिवाद अर्पण गर्दछु । अँध्यारनिय उपस्थित हाहानुभावहरू यहाँहरूले हाम्रो यस खायक्रमको शिरदेखि पुच्छरसम्मै बसेर सहयोग गरिदिनुहुनेछ भन्ने खासा व्यक्त गर्दछु ।
अँध्यारनिय हाहानुभावहरू अब म साह्रै अबेला भन्दा कत्ति पनि ढिलो नगरिकन खायक्रमलाई कहिँ पनि नपुग्ने गरि अगाडि बढाउन चाहन्छु । जुनसुकै खायक्रम गर्दा पनि एकजना स्वाहापतिको आवश्यकता पर्ने हुनाले ढिस्कानो संस्थाद्वारा आयोजित यो हव्यकव्य खायक्रमको स्वाहापतित्त्व गरिदिनुहुन आयोजक संस्थाको शीर्षपदमा रहि देशको नेतृत्व गर्नेहरूभन्दा कत्ति पनि कम नठहर्नु भएका अदक्ष श्री फलानो जिउलाई अनुरोध गर्दछु । उहाँलाई यश मञ्चमा आई स्वाहापतिको आसनमा ढसमस्स बसि शासन सञ्चालन गरिदिनुहुन अनुरोध गर्दछु । यसपछि आँमुख व्यथितिको रुपमा यस खायक्रममा हाम्फाल्नु भएका श्री गजधम्मनाथ जठरेलाई यस मञ्चमा आई स्वाहापती जिउसँगैको आसनमा बसिदिनुहुन अनुरोध गर्दछु । त्यसैगरी हाम्रो चिम्टाजस्तो निम्तापत्रलाई अलपत्र नपारिकन । निकृष्ट बेथितिको भूमिका झ्याप्प निभाउँदै सुरुक्क मञ्चमा आई खुरुक्क आसन गरन गरिदिनुहुन अनुरोध गर्दछु ।
कृषिप्रधान देशबाट अदम्य गाँडतान्तृक छलाङका साथ कुर्सिप्रधान देशका रूपमा शेष भएको देशको एउटा सामान्य बस्तिमा झन अस्तिको गैठकको निर्णयबाट निर्धारित यश खायक्रमको अर्का बेथिती स्वनामधन्य चाकरीबाज श्री घुसघुसेकान्त कङ्कड जिउलाई पनि यस मञ्चमा आई खासन गरन गरिदिनुहुन अनुरोध गर्दछु । त्यसैगरी यश रौरबमय सँस्थाका अत्यधिक प्रसिद्ध स्वाचिब श्री र्यालेन्द्र बहादुर कृपण जिउलाईपनी मञ्चमा आई सञ्छ तरिकाले बसिदिनुहुन अनुरोध गर्दछु । अँध्यारनिय हाहानुभावहरु यो कुर्सिबण्टनको खायक्रमलाई एकछिन लोप्पाथगित गरेर म अब सबैको ध्यान उद्घाटनको तर्फ मोड्दछु।
यस खायक्रमका स्वाहापति श्री फलानो जिउलाई यस वर्षको लागि आयोजक संस्थामा प्राप्त सहयोग राशिको आधा भाग अहिल्यै स्वाहा पार्दै यस खायक्रमको उद्घाटन गरिदिनुहुन अनुरोध गर्दछु । त्यसैगरी यस ढिस्कानो संस्थाका अन्य गदाधिकारी जिउहरू तथा मञ्चासिन सम्पूर्ण बेथिति जिउहरूलाई पनि स्वाहापति जिउको चाकरी चाप्लुसी गर्दा पाएको भागहरूलाई स्मरण गर्दै जोरदार गाली बजाइदिनुहुन आग्रह गर्दछु । बाँकी निम्तालु तमासे जात्रेहरूलाई आफूले केही नभेटेको उपलक्ष्यमा आआफ्नो पुर्पुरो समाई खुइय गर्नुहुन आग्रह छ । अँध्यारनिय हाहानुभाव जिउहरू हाम्रो सँस्थामा एकजना यस्तो रातृस्मरणिय व्यक्तित्व हुनुहुन्छ जसले बाहिर आफूलाई नदेखाइकन भित्र भित्रै हामी सम्पूर्ण गदाधिकारिहरूका लागि एकदम दक्षपाराले डाडु पन्युको शानदार भूमिका गर्नुहुन्छ । उहाँलाई पनि म मञ्चको आसनमा आइ आफ्नो रौरबपूर्ण उपस्थिति जनाइदिनुहुन अनुरोध गर्दछु । यति महान व्यक्तित्व को हुनुहोला भन्ने यहाँहरूको कौतुहललाई म उहाँको नाम उद्घोष गर्दैछु । उहाँ हुनुहुन्छ श्री भत्तालोलुप अङ्गारे ।
अब यहाँ उपस्थित सम्पूर्णलाई स्वागत गर्दै स्वागत हान्तव्य राखिदिनुहुन यस ढिस्कानो संस्थाका हाम्रक्षक तथा यो गाउँका एकदम हान्यखान्य श्री शैतानेश्वर हाँडिघोप्टेजिउलाई आग्रह गर्दछु । यसपछि आफ्नो पालो सम्झी मञ्चमा आई आफ्नो हाप्लो बजाउनका लागि तम्तयार रहनुहुन ढिस्कानो संस्थाका निशेध आमन्तृत सदस्य श्री गोबरग्वाँच हर्कतेजिउलाई आग्रह गर्दछु ।
अँध्यारनिय हाहानुभावहरू हाम्रो आजको खायक्रमको हामी बिच ढाडबाट अलिकति ओह्रालो लागिसकेका छौं । अब करिब आधादर्जन खोक्ताहरूले आ आफ्नो गर्जन खोकी प्रस्तुत गरिसकेपछि हामी सबैले एकैसाथ हसुरणम खायक्रम गरिकन आफ्नो बाटोको माटोतिर लाग्नेछौं ।
अँध्यारनिय मञ्चासिन तथा बेन्चासिन हाहानुभावहरू हाम्रो आजको अति चाम्रो खायक्रमको बिटलाई यहिँ अन्त्य गर्दै जन्ते भिड्गर्दै हसुरणम तिरको खादेश दिनुहुन यस खायक्रमका स्वाहापति श्री फलानो जिउलाई पाउचाटी गर्दै अनुरोध गर्दछु र म यो उद्घोषकको खाउजसे भूमिकाबाट म बतुर्मान चतुरेओझेल पर्न चाहन्छु । किर्पया यो खायक्रमभरी बकबकाउँदा बकबकाउँदै कोहि कसैलाई थकथकाउनै पर्ने पारेको भए साँप दुनुहोला । हान्यवाद ।
०००
२०८१ माघ १५
चितवन ।
Subscribe
Login
0 Comments
Oldest