साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाग्नु’को लगान

सुश्री एनजजिओ मैया भएतिरै लाग्नु हुन्छ भने पनि लौ; तर सम्पन्न परियोजनाको उच्चतम् कागजी उपलब्धि र भावी कार्यक्रमको हावादारी प्रवचनबाट चाहिँ सकेसम्म जोगिनु होला; उङ् लाग्छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

अझै सम्झना छ : स्कूल छुट्टी भएपछि स्कूले साथीहरूसँग खरेलथोकको ‘दायाँबायाँ’ लागेर पोखरेलले साथीको घरमा एकदुई डबका ‘उडाउन’ पनि भ्याएको हुन्थ्यो, हुदैनथ्यो; साथीका आमा–दिदीहरू अत्तालिदै भन्ने गर्दथे— ‘ए बाहुन, धेर नखा; लाग्छ ।’

तर अब लाग्ने चीज र अबसर पनि कति, कति ! यिनै चीज र अवसरलाई लगान भनेर बुझ्‌नोस् ।

किनमेलका लागि राजधानीको बजारमा निक्लिनु भएको छैन ? आज निक्लिनुहोस् र पसलेसंग उपभोग्य सामानको मोल सोध्नुहोस् । सामानको मोल सुनेपछि पहिले आश्चर्य लाग्छ र पछि रिङ्गटा लाग्छ ।

रिङ्गटा लागे पनि सामान चाहिँ लिएर मात्रै फर्किनुहोला; महङ्गो छ भनेर पेटले मान्दैमान्दैन; भोक लाग्छ ।

भोक मेटेपछि कतातिर लाग्नुपर्ला भन्ने सोच्दै हुनुहुन्छ ? चिडिया घरतिर नजानु होला; दाम लाग्छ । सिनेमा घरतिर पनि के जाने र, खोई; लाम लाग्छ ।

नेताहरू गाउँ जान छाडेको धेरै भयो । बरु आउँनोस्, आज नेताकै भाषण सुनौं; खुल्लामञ्च जाऔं र मञ्चको नजिकमा उभिऔं । नेताको अनुहार हेरेपछि पहिले टिठ लाग्छ र भाषण सुन्न लागेपछि झिंजो लाग्छ ।

झर्को लागे पनि भाषण सुन्न चाहिँ छाड्न हुँदैहुँदैन; गाउँको चिया पसलमा गुड्डी हाँक्न काम लाग्छ ।

बरु गुड्डी हाँक्ने प्रतिभा पो तपाईसँग छ कि छैन ? गुड्डी हाँक्न सहरको मोटर हाँक्न सिकाउने ‘ड्राइभिङ्ग ट्रेडिङ्ग सेन्टर’ले मरिगए सिकाउँदैन; कि सुश्री एनजीओ मैयाको कार्यकक्षमा पुग्नुपर्दछ, कि त पार्टी कार्यालयतिरै जानुपर्छ; ‘ट्याम’ लाग्छ ।

पार्टी कार्यालयतिरै जानुहुन्छ भने फर्किदा लोकतन्त्रको सञ्चो/विसञ्चो पनि बुझेर आउँनुहोला; जिल्ला फर्किएपछि त घरि नाकाबन्दी र घरि कर्फ्युसँग मात्रै भेटघाट हुन्छ; नियास्रो लाग्छ ।

सुश्री एनजजिओ मैया भएतिरै लाग्नु हुन्छ भने पनि लौ; तर सम्पन्न परियोजनाको उच्चतम् कागजी उपलब्धि र भावी कार्यक्रमको हावादारी प्रवचनबाट चाहिँ सकेसम्म जोगिनु होला; उङ् लाग्छ ।

सुश्री एनजिओ मैयाको कार्यकक्षको सोफामा उङे पनि वा मस्त निदाए पनि ‘सुश्री एनजिओ मैयाकहाँ सुतेर आएँ’ चाहिँ भन्न हुँदैहुँदैन; बात लाग्छ ।

रमाइलो कुरा त के भने, एनजिओ मैयाको कार्यालयमा प्रवेश गरिसकेपछि चिया मात्रै पिए पनि मात लाग्छ ।

अझ थोरबहुत अङ्ग्रेजी जान्नु हुन्छ र झोलामा झुक्किएर छोरीको अङ्ग्रेजी विषयको ‘होमवर्क कापी’ परेको छ भने श्रीमान आइएनजिओ तपाईंकै प्रतिक्षामा हुनुहुन्छ; ‘प्रोपोजल’ भनेर त्यही कापी देखाइदिनुहोस्‌; ‘धेरथोर’ हात लाग्छ ।
तर साँझमा डेरा फर्किन धेरै ढिलो नगर्नुहोला; शहरको सुरक्षा व्यवस्थालाई अचेल अलिक सञ्चो छैन; कसैले बाटो छेक्यो ? स्वाभाविक हो : पहिले अनौठो लाग्छ र पछि डर लाग्छ ।

०००
बोझेपोखरी, ललितपुर
हेटौडाबाट आर.सी. रिजालको सम्पादनमा प्रकाशित ‘अक्षय अक्षर’बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x