साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजी

उसको परीक्षा लिइयो । उसलेे पचासी नम्बर ल्यायो । अनपेक्षित परिणामले शिक्षकहरू नतमस्तक बने । उसलाई रहस्य खुलासा गर्न भनियो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

अस्कलले गणितमा पैंसठ्ठी अङ्क ल्याएकोमा भूकम्प आयो, उसलाई पढाउने शिक्षकहरूमा ।

-“यसकाे अक्षर पनि हैन । कसैकाे सारेको पनि छैन । कसैलाई लेखाएकाे हाे ।”
-“कक्षामा सधैं कमजोर भएको मान्छे परीक्षामा उम्दा भएकाे प्रमाणित भए म दुबै कान काटेर पातमा राखिदिन्छु ।”
-” त्यसको फेरि परीक्षा लिऔं । यति राम्रो अङ्क ल्याएछ भने म मेरो नामकाे सारा सिरिखुरी त्यसकै नाम गरिदिन्छु ।”

शिक्षकहरूका यस्ता हेलाहाेचाका कुरा सुनेर अस्कल भित्रभित्रै जल्न थाल्यो । मनकाे आक्रोशलाई ध्वनिकाे रूप दिने सामर्थ्य थिएन उसमा ।

उसको परीक्षा लिइयो । उसलेे पचासी नम्बर ल्यायो । अनपेक्षित परिणामले शिक्षकहरू नतमस्तक बने । उसलाई रहस्य खुलासा गर्न भनियो ।

उसले भन्यो, “पहिले म समस्याबाट तर्सेर भाग्थें अहिले जुध्न थालें अनि जीवन-सङ्घर्षकाे बाजी हात पार्न सक्षम हुँदै गएँ ।”

०००
सिद्धार्थटाेल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x