साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई नटेर्ने ??

माला र खादा बोकेर छिटाे बाहिर आइज टीका लाइदे माला लाइदे विद्यार्थीलाई लाम लगाइदे स्वागतकाे गीत गाइदे म ता माननीय पाे त मेराे स्वागत मनाइदे ।।

Nepal Telecom ad

हाेम सुवेदी :

ए यता सुन्
मनमा गहिराे चालले गुन्
तात्ला मेराे खुन ?
यता बाहिरै बस्नु पर्ने मैले ?
के ठानेकाे छस् तैँले ?
जैले म आउँछु
ढाेकामा उपस्थित हुनू तैँले ।
सके घन्टी बजाएरै बस्नू
म आएकाे बेला भित्र नपस्नू
धनुस्टङ्कारे शैलीमा
दण्डवत् कस्नू
मलाई ढाेकामा कुराउने !
मेराे काममा बाधा पुराउने !
आफ्नाे डम्फु बजाउने !
स्वागत गर्न बाहिर नआउने ?
मैले कति सिकाउने?
अब पनि नपत्याए
देखाइदिन्छु तँलाई
के ठानेकाे छस् मलाई
म ता माननीय
सिडियो फिडियोको कुरा छाड्
खुस्केला तेराे ढाड
भाँचिएला तेराे हाड
आफ्नै घन्टी बजाउने !
मैले स्वागत नपाउने ?
अबदेखि फूलमाला अबिर लिएर ढाेकामा बस्नू
पटुका कस्नू
भित्र नपस्नू
भाेकै भए पनि अघाएजस्ताे गर्नू
मदेखि बेलैमा डर्नू
किन बाहिर स्वागत गर्न नआएकाे
कस्ताे चाल नपाएकाे ?
किन मेराे स्तुति नगाएकाे
म ता जिल्ला भरिकाे माननीय पाे त !त्यत्राे पढाएर पनि
माननीयकाे अर्थ था छैन ?
म तँ हेड मास्टर हैन
म डिएस्पीलाई समेत नचाउन सक्छु
जता मन लाग्छ उतै आउन सक्छु
देखाइदिन सक्छु
तेराे घन्टी बजाउन सक्छु
म ता माननीय पाे त
माला र खादा बोकेर
छिटाे बाहिर आइज
टीका लाइदे
माला लाइदे
विद्यार्थीलाई लाम लगाइदे
स्वागतकाे गीत गाइदे
म ता माननीय पाे त
मेराे स्वागत मनाइदे ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x