साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना फेरि ब्युँताएर

मक्किएका, ओसिएका दाउरा जाेरेर खलाती परुन्जेल फुकिरहेछ खरानीमा आगाे बाल्न ! धुँवा मात्र निकाल्न नसक्नेले आगाे बाल्ने चटके कुरा जस्तै भा' छ ।

Nepal Telecom ad

महेशराज खरेल :

हाे
यसपटक
अलि जाेडले
मुल्यकाे कुरा उठ्याे
मान्यताकाे कुरा उठ्याे
पद्धतिकाे कुरा उठ्याे
उठ्याे कुरा उठ्याे
साँच्चै गजवले उठ्याे !
बस्नै नसक्ने गरि उठ्याे…..!

रंग दिएर हाेलीमा झै काेही रमाए
कसै कसैले ठुलै पदका निमित
पानी समाए,
पुराना लवेदा सुरुवाल, काेट टाेपीले
ड्राईक्लिनिक देख्ने माैका पाए,
कयाै नयाँले, नयाँ नै सेट छेके !
नदेख्नेले पनि के के हाे ! के के देखे !!

सपना कहिलेकही
कल्पना भन्दा माथि देखिन्छ
आफूले स्वादिलाे खान भेटे
स्तुतिकाे दर्शन त्यही लेखिन्छ
नपाए कसैले भावकाे मान्यता,
मेट्न मनकाे तृष्णा
भेट्न कुर्सीकाे चाहा
कुच्चिएकाे सपना फेरि ब्युँताएर
स्वर्ण जलपले सिगारेर,
नयाँ झै बनाएर
एक तुरुप सिद्धान्त जनताकाे नाममा
एक अंश पद्धति
कार्यकर्ताकाे नाउँमा
फेरि पनि उल्फतकाे समान बेच्ने
ब्यापारीले झै,
बिधिकाे एक तिर्काे बजारमा
माेलमाेलाईकाे मार्जिन बडाएर
बाँदर नचाउने मदारीले
बाँदरलाई साधन बनाए झै
निष्ठाकाे धाममा
फेरि उनै लुटिएका,
टुटिएका,
छुटिएका,
कही कुटिएका
पुराना सहयात्रीहरुलाई
साधन बनाएर
उनीहरुकै नाममा
एउटा नयाँ नीतिकाे
माेलमाेलाई चलिरहेछ
आज राज्यका प्रत्येक
अंशियारहरुकाे ठाउँमा !!

जाेगी र भैंसीकाे कथा झै
जाेगीलाई भैंसीसितकाे डर
भैंसीलाई जाेगीसितकाे डर
वा भनु
घीऊ व्यापारी र
तरवार व्यापारीकाे कथा झै
काेशिष एकले अर्काेलाई ठग्ने
अर्काेले अर्काेलाई ठग्ने !
ठग्न मै महसुर दरिनु पर्ने
त्यस्का निमित शक्ति चाहिने
शक्ति जनमा पाईने
कार्यकर्तामा पाईने
छानी छानी कार्यकर्ता तान्न
कल्पवृक्षकाे बाेटबाट
फल दिने / लिने आशमा
चिच्याई रहेका छन्
पाैंजाका विद्वानहरु
दिग्विजयकाे भाषामा ।

शक्ति नयाँमा हुन्छ
पुरानाेमा खिया परेर जान्छ,
सिद्धान्त, दर्शन, विधि ,
पद्धतिकाे खास्टाेले पुरानाेलाई
छाेप्न सक्दैन
नयाँलाई नयाँ नै खास्टाेले
अनिकाल धान्न
अाशामरुकाे खेतमा
राेपेकाे धानलाई
खडेरीमा असिनाले चुटेर
बाँकी रहेकाे भुसबाट
चामल निकाल्ने सपना बाँडे झै
सहजै छाेप्न सकिन्छ !!

साैदा उधाराे काे न हाे !
जस्ले किने पनि
जस्ले बेचे पनि
किनिने पनि यिनै हुन्
बेचिने पनि तिनै हुन्
किन्नेले पनि जुँगा मटारेकै छन्
बेच्नेले पनि जुँगा बटारेकै हुन्
के जान्छ र ! जुँगा मठार्ने वा बटार्नेकाे
बिग्रिने त देश र जनता न हुन् !!

एकातिर अस्थिरताले पेरुङ्गाे बनेकाे देशलाई
स्थिरताकाे कवज लगाएर
बेलुन फुलाए जस्ताे संमृद्धि
बेच्नु परेकाे छ
त्यही बेलुन पनि
कसैलाई अायतन नमिलेर
कसैलाई पुरातन नभिडेर
कसैलाई भाग नमिलेर
कसैलाई भाग नपुगेर
अझ कसै कसैका माग नसुनिएर
उत्पन्न परिस्थितिमा
लुछाचुँडी गरेर
फेरि फुल्नै नसक्ने गरि
च्यात्नु छ,
हाे याे !
च्यात्ने हाेडबाजीकाे
अब्बल नेता काे हुने ?
कस्ले फेरि फुल्नै नसक्ने गरि च्यात्न सक्ने
आजकाे मुख्य प्रतिस्पर्धा यही भएकाे छ!!

एकातिर काेभिड १९ ले
जनता त्राहिमान छन्
देशकाे भाेलि के हुने हाे
सबै पक्ष र क्षेत्र अनिश्चित छन्
अर्कातिर सत्तामा रहेकालाई
काममा छेकाराे हाली
सत्तामा रहेकाले
आफ्नै मान्यता ढाली
समयकाे उत्ताेलकलाई
सहारा ठानी
पटक पटक,
कही बिग्रिएकै बिग्रिएका बीच
कही अलि सद्धे र बीग्रिएका बीच
अझ भनु ;
याेग्य र अयाेग्यका बीच ए..?..कता मिलाएर
दायाँ बाँयाकालाई
अर्कातिर भिडाएर
माघे सक्रान्तिकाे साँढे जुधाईकाे
तृष्णा मेटिने गरि
पूर्णिमाकाे चन्द्रले समेत
लाजले बादल भित्र
अनुहार लुकाउने गरि
चलेकाे हाम्राे बिधिकाे
पद्धतिकाे, निष्ठाकाे,
देश र जनताकाे हितकाे
मल्लयुद्ध !
बल्ल देशी विदेशी
प्रतिक्रियावादीहरुकाे
नाम र आकाँक्षामा
तुषारापात गर्याैं भन्दै
आ- आफ्ना
खैजडी, डमरु र ढाेलक बिसाउँदै
पुन: एकपटक
देश र जनताकाे नाममा
आफ्नाे स्वार्थकाे झाेला बिसिएकाे छ
अर्काेतिर प्रतिपक्ष
आफ्नाे हाेनाेहार क्षमताले
मक्किएका, ओसिएका
दाउरा जाेरेर
खलाती परुन्जेल फुकिरहेछ
खरानीमा आगाे बाल्न !
धुँवा मात्र निकाल्न नसक्नेले
आगाे बाल्ने चटके कुरा जस्तै भा’ छ ।
देश भने
विधि विधानकाे
राप र ताप पाउन नसकेर
चिसिएकाे छ,
अब फेरि एक पटक
आरनेकाे आरनकाे
फ्वासीबाट सबै मिलेर
ताप निकाल्नु छ
चिसिएकाे देश र जनताकाे
अपेक्षा तताउनु छ ….!!!

०००
२०७७/०५/१८ गते बिहान
काेटेश्वर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
mahesh raj kharel
mahesh raj kharel
1 month ago

धन्यवाद फित्काैलि परिवारलाई ।

mahesh raj kharel
mahesh raj kharel
1 month ago

धन्यवाद फेत्काैली परिवारलाई ।

Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
2
0
Would love your thoughts, please comment.x
()
x