साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवसरमा खेतालाहरु

लखेट ! ख्वामितकाे आड लिएर साथ दिन्छन् ख्वामितले तिमीलाई ! अनि ख्वामितसित बस सेवा गर, रिझाऊ, खाऊ खान जन्मिएकाहरु हाै खाऊ कहिले यता खाऊ कहिले उता खाऊ मस्तले खाऊ ।

Nepal Telecom ad

महेशराज खरेल :

अवसर आएकाे छ
मस्तले खाउ रमाऊ
खाेजी गर्दैन कसैले
तिमी कस्का खेताला हउ
आज यता खाऊ
भाेलि उता खाऊ
खान जन्मिएका हउ तिमीहरु
अघाउन्जेली खाऊ ।

मानिसले जरा खाेज्दैन आजकाल
डाँठ देखेपछि पुगिहाल्छ उसलाई
अझ कतिलाई त
हाँगा र पातले नै काम चल्छ
छाेपिएका छन् तिम्रा
विगत बाेकेका जरा
चिन्दैन कसैले
ढुक्क साथ खाऊ
कहिले यता जाऊ यतै खाऊ
कहिले उता जाऊ उतै खाऊ
आनन्दले खाऊ, मस्तले अघाऊ

स्तुत्य सबैलाई प्याराे हुन्छ
अझ ठूला ठूला पदका मानिसलाई
स्तुत्य झनै प्याराे हुन्छ
पदाशीन मानिस जहिल्यै
स्तुत्यकाे लाेभमा बसेकाे हुन्छ
तिमी स्तुत्य गाऊ
स्तुत्यकै भेटी चढाऊ
तिम्रा विगतका दस खत माफ हुन्छन्
काे थियाै हिजाे तिमी
तिम्रा दाेषहरु सबै मेटिन्छन्
तिमी गणेशले झै स्तुत्य गाऊ
महादेव पार्वती खुशी हुन्छन्
आज्ञा पालक कुमार कार्तिक्यकाे के हैसियत र !
ऊ त आज्ञा पालक न हाे !
आज्ञा पालन गरिरहन्छ
विद्राेह गर्दैन, कतै भडास भर्दैन
उसलाई केहीपनि चाहिँदैन
उसलाई देखेर न झस्क ! तिमी
उसलाई केही पनि दिनु पर्दैन

यति सम्झ आफ्नै सामर्थे साथ
आफ्नै विवेककाे आदेश पालन गरेर
जटिल मार्ग पार गरेर
कतै तिम्रा ठाउँमा आइपुगे
कुमार कार्तिक्यहरु भने
लखेट ! ख्वामितकाे आड लिएर
साथ दिन्छन् ख्वामितले तिमीलाई !
अनि ख्वामितसित बस
सेवा गर, रिझाऊ, खाऊ
खान जन्मिएकाहरु हाै खाऊ
कहिले यता खाऊ कहिले उता खाऊ
मस्तले खाऊ

जहिल्यै भाेकाे भुँडी देखाऊ
चाेरेर खाउ, खाेसेर खाऊ, लुटेर खाऊ
गणेशकाेझै ठुलाे पेट तिम्राे
भरपुर अघाऊ
देश राेइरहेकाे छ
तिम्राे असिमित दुर्भावनाकाे भारले
जनता भाेकले राेइरहेका छन्
उपचार नपाएर
दीन दुःखीहरु
आर्तनादकाे पीडा पाेखिरहेका छन्
तिमी देश बनाउने संकल्पकाे
झुटाे कुरा अलापेर खाऊ
दीन दुःखीकाे दुःख हरिदिने भन्दै
झुक्याएर खाऊ
खाउ ! खान जन्मिएकाहरु हाे खाऊ ।
यता आऊ यतै खाऊ !
उता जाऊ उतै खाऊ !
गर्न हाेइन, खान जन्मिएकाहरु हाै
खाऊ ! माेजमस्ती गरेर खाऊ ।

०००
काेटेश्वर काठमाण्डाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
mahesh raj kharel
mahesh raj kharel
1 year ago

धन्यवाद फित्माैली परिवारलाई ।

mahesh raj kharel
mahesh raj kharel
1 year ago

धन्यवाद फित्काैली परिवार

Nepal Telecom ad
2
0
Would love your thoughts, please comment.x
()
x