साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष र पुराना सपनाहरू

म हरेक सखारै बिहानीमा सूर्य जस्तो बेसार घडामा भरेर सँघार पोतिरहेछु र यो नयाँ वर्षमा सुनाखरी झैँ फुलेका सपनाहरूलाई स्वागत गर्न पर्खिरहेको छु यो वसन्तको आगमनसँगै !

Nepal Telecom ad

प्रमाेद स्नेही :

रेशमी बतासले झारेको
वसन्ती फूलहरूको पराग
टिपेर
प्रेमको एक अँजुली रङहरूले
समयको सुन्दर तस्बिर कोर्न
अभ्यस्त छु ।
सेतो सात घोडाहरूले उछिनेर
दुःखको मैदानहरूमा
लालीगुराँसको पत्रपत्रबाट
उदाएको सूर्यका उज्याला किरणहरूले
नवीन उत्साहको लोकगीत गाइरहेछन्
अनवरत
बालेर दियो मझेरीमा
नयाँ वर्षको उत्सव मनाइरहेका
मेरो जीवनको अप्राप्य आशाहरूको
सुखद पदचापका डोबहरू
मेरो छातीको भूगोलमा
दूबो झैँ माया फैलिरहेछ ।
जुनको उज्यालो टलकमा देखिएको
समयको रङ्गीन तस्बिर हेरेर
म हरेक सखारै बिहानीमा
सूर्य जस्तो बेसार घडामा भरेर
सँघार पोतिरहेछु
र यो नयाँ वर्षमा
सुनाखरी झैँ फुलेका सपनाहरूलाई
स्वागत गर्न पर्खिरहेको छु
यो वसन्तको आगमनसँगै !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x