साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिटामोल र बुद्ध

मलाई बुद्ध होइन यति वेला मान्छे चाहिएको छ तस्बिर र मूर्तिहरुमा ध्यानमग्न बुद्ध होइन यो देश हाँक्ने यो देशको इज्जत राख्ने असङ्ख्य बुद्धहरुको भिडबाट एउटा मान्छे खोजि रहेछु ।

Nepal Telecom ad

प्रमोद स्नेही :

पाठशाला भत्किएर
अक्षरहरु निभेको गाउँ
बस्तीहरुमा
एक अन्जुली उज्यालो
मागि रहेछन् बुद्धहरु
पुल नभएर नदीहरु
हरेक वर्ष
पानीमा जिन्दगानी हराइ रहेछन्
असङ्ख्य बुद्धहरु
समयमा सिटामोल नपाएर
मृत्यु बाँचि रहेछन् बुद्धहरु
सधैसधैं कन्दमूल भ्याकुर
र खाद्यको चामलको लाइनमा
भोकहरुले आक्रान्त हुँदै
अघाइ रहेछन् बुद्धहरु
काम नपाएर
बदनाम भएका बौद्धिक बुद्धहरु
बिस्तारै विदेश पलायन हुँदै छन्

आन्दोलनमा क्षत विक्षत
अङ्ग, प्रत्यङ्ग र शरीरमा
अझै देश जस्तै
घाउ बोकेर
छटपटाइ रहेछन् बुद्धहरु ।

स्वयम्भू नमोबुद्ध विहार
पछाडि धुवाँमा
उमेर र सपना
उडाइ रहेछन् बुद्धहरु
कुर्सी, राजनीति, भ्रष्टाचारमा
निमग्न बुद्धहरु
अपहरण, हत्या, लुटपाट
र बलात्कारमा व्यस्त छन् बुद्धहरु
यसरी असङ्ख्य असङ्ख्य बुद्धहरु छन्
मेरो देशमा ।

यी असङ्ख्य असङ्ख्य बुद्धबाट
म एउटा मान्छे खोजि रहेछु
मलाई बुद्ध होइन
यति वेला मान्छे चाहिएको छ
तस्बिर र मूर्तिहरुमा ध्यानमग्न
बुद्ध होइन
यो देश हाँक्ने
यो देशको इज्जत राख्ने
असङ्ख्य बुद्धहरुको भिडबाट
एउटा मान्छे खोजि रहेछु
बस् ! एउटा मान्छे खोजि रहेछु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x