साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा विनाशकारी युद्धमा

अहँ : मरे पनि भाग्दिन म कोठा छाडेर खुल्ला मैदान पनि खोज्दिन, साना कटेजहरू खोज्दै एक मुठी निद्राको लागि कसैसँग शरण माग्दिन ।

Nepal Telecom ad

प्रमोद स्नेही :

तँलाई लाग्ला– म यति कमजोर छु
तेरो अराजक प्रवृत्तिबाट म डराउँछु
तर्सिएर म भाग्नेछु…।

तँलाई त्यो भ्रम नपरोस,
तेरो आतङकबाट म अलिकति पनि डराएको छैन
थोरै पनि बिचलित भएको छैन
तेरो हरेक क्रियाकलापहरू मेरो पाठशाला बनिरहेको छ
त्यो पाठशालाबाट मैले, धेरै सिकाईहरू सिकिरहेको छु
र अँझ धेरै सिक्न चाहन्छु
देखा अँझ बाँकी छ भने तेरो शक्तिहरू
म सामना गर्न तयार छु…।

डराएर भाग्छ भन्छस्होला तँ,
अहँ : मरे पनि भाग्दिन म
कोठा छाडेर खुल्ला मैदान पनि खोज्दिन,
साना कटेजहरू खोज्दै
एक मुठी निद्राको लागि कसैसँग शरण माग्दिन
आजको यो रात पनि
तेरो आतङ्क विरुद्धमा जुध्नलाई
मानसिक रुपमा तयारी भएर बसेको छु
सक्छस् भने देखा तेरो तागत
सामना गर्न तयार छु म …।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x