बालकृष्ण खनालतीन ठोक्तक
के लेखेर लेखक बन्यौ केही पनि छैन हातमा कुन लेखको बिक्री गर्याै पचास लाखमा ?
बालकृष्ण खनाल :
१)
उद्योग नखुले ढाड सेकला सरकारले
जाबो करको पैसा के देख्ला सरकारले,
उद्योग खुल्न भन्दा बरू धेरै बच्चा जन्माऊ
जनसङ्ख्या घटेमा के बेच्ला सरकारले ?
२)
रेमिटेन्सले नपुगेर जनता बेच्न लागेछौ
जनता बेची मोज गर्ने सपना देख्न लागेछौ,
इतर हुँदा विरोध गर्थ्यौ जे कुराको
भितर हुँदा त्यही गर्छौ छेपारोझै रंग फेर्न लागेछौ।
३)
के लेखेर लेखक बन्यौ केही पनि छैन हातमा
कुन लेखको बिक्री गर्याै पचास लाखमा ?
हल्ला धेरै चलेको छ यही कुराको आजभोलि
केही रहस्य लुकेछ कि लेखक जातमा।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest





































