साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (२४)

नानी एक दिएर प्यार कुलकी दाज्यै बिदा भैगए सेतो वस्त्र छ भाउजू म कसरी हेरूँ सुशोभा गए भत्कायो घर त्यो छिया सब हिया सारा भयो जर्जर भैँचालो घरमै पस्यो खतम भो, भो जीवनी बन्जर ।

Nepal Telecom ad

हेम अधिकारी :

बिहेको जब दाजुको वय भयो खोजी सुकन्या गर्‍यौँ
भेट्टायौँ कुलकी सुशील युवती आशा खुसीले भर्‍यौँ
पुर्खा ईज्जत थाम्नु पर्दछ बिहे राम्रो मजाको भयो
वासन्ती दिन फिर्दछन् अब भनी क्या हर्ष क्या हर्ष भो !

जाडो जान्छ बितेर त्यो शिशिरको पापी ठिही भाग्दछ
बासन्ती वन रम्छ फूल रमणी फुल्छन् छटा जाग्दछ
गाई कोकिल मुग्ध पार्छ सरसी डाँफेहरू वागमा
पुष्पाहार अनेक छन् रहरिला कैयौँ गुना लाखमा ।

के आउन्न वसन्त वास लहरी सौन्दर्यको माधुरी
के लाउन्न धरा बनी सरसिली सारी पछ्यौरी परी
के आउन्न बिहान रात गहिरो भागेर निस्के पछि
के पाउन्न सहर्ष दुःख सब ती तर्सेर बिच्के पछि ।

आमाझैँ दिल भाउजू सरसिली माया खुबै गर्दथिन्‌
नानीबाबु पियास, भोक कति भो ? आमासरी भन्दथिन्
आमाको सब ठाउँ मातृरसले सद्भावना छर्दथिन्
धन्दामा घरको सिपालु सरसी आनन्दले भर्दथिन् ।

श्रद्धाले भरिपूर्ण प्रेमरसले दाजै भए गद् गद
हाम्रो भो घर पूर्णचन्द्रसरिको, सौन्दर्यले सज्धज
स्नेहाशिक्त म दाजु दम्पतिसँगै रम्दै र बढ्दै रहेँ
हाम्रो दिव्य सुदिव्य जीवन भयो भन्दै म गद्गद् भएँ ।

श्रद्धासाथ म भाउजूसँग रमेँ छोरै बनेझैँ भयो
वर्षाका पछिको सफा गगन झैँ पीडा हराई गयो
छोरी एक भइन् पियार घरकी लक्ष्मीसरी सुन्दरी
शोभा हुन् घरकी वसन्तऋतुका फूलासरी मञ्जरी ।

हाँसेकी धरणी रुवाई जसरी बाडी बगाइदिने
गाना कोकिलका लुकेर बनमा आशा हराइदिने
वास्ना मग्मग हुन्न पुष्प ऋतुले निर्वस्त्र पारेपछि
सारा दृश्य–अदृश्य हुन्छ विधिले सौन्दर्य हारेपछि ।

नानी एक दिएर प्यार कुलकी दाज्यै बिदा भैगए
सेतो वस्त्र छ भाउजू म कसरी हेरूँ सुशोभा गए
भत्कायो घर त्यो छिया सब हिया सारा भयो जर्जर
भैँचालो घरमै पस्यो खतम भो, भो जीवनी बन्जर ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
दीनानाथ पोख्रेल
दीनानाथ पोख्रेल
1 year ago

करुण रसमय हृदयस्पर्शी सुन्दर सिर्जना ।

Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x