साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हप्ता दिन भइसक्याे पुरस्कार नपाएकाे

सात दिन भई सक्याे माला लाएका फाेटा छैनन् त ! भासन गाएका फाेटा छैनन् त ! के भाे हँ उहाँलाई सूचना पाऊँ तो यथार्थ बुझेर मन बुझाऊँ ताे !

Nepal Telecom ad

हाेम सुवेदी :

सिङ्गाे हप्ता बितिसक्याे
उहाँलाई के भाे हँ ?
बिसन्चाे पाे हुनु भो कि हँ ?
चिन्ता पाे पलायाे
सुर्ताले हल्लायो
पुरस्कार लिएकाे फाेटाे
देखिएन त
पुरस्कारकाे ता कमी थिएन त
दिन दिनै दिनु पर्थ्यो
कसैले किन दिएन ?
कहिले त
दिनकाे दुई दुई ओटा
पुरस्कार थाप्नुहुन्थ्याे
भाषणबाट साहित्यकाे
मापदण्ड नाप्नुहुन्थ्याे
एकमा एक खाप्नुहुन्थ्याे
के भएछ हँ
कि उपत्यकाकाे रित्याउनुभाे ?
भएकाे सबै सिध्याउनु भाे ?
हरिवदनी झमकली पुरस्कार पाउनु भा हाे
लकिर फकिर मियाँचा झिगु मखु
पुरस्कारकाे माला लाउनु भा हाे
जठरिमल्ली हंसराजका लागि
अलिक धाउनु भा हाे
गुन गाउनु भा हाे
लघुकथा झिगुपुरस्कारभा हाे
मनमखु छुन मस्यु पनि
पाउनु भा हाे
गुन गाउनु भा हाे
रुद्रकली ठनमति खरमानन्द
पुरस्कार पाउनु भा हो
जेठाजु प्रज्ञाप्रतिष्ठानबाट
मानार्थ विद्यावारिधि पाउनु भा हाे
सालीसित माया लाउनु भा हाे
उपत्यकाभरि छाउनु भा हाे
दुबै हातले उघाउनु भा हाे
सुनले घर छाउनु भा हाे
के चाल परेछ
कि उपत्यकाका सकेर बाहिर सर्नु भाे
कता जानु भाे
के खानु भाे
सात दिन भई सक्याे
माला लाएका फाेटा छैनन् त !
भासन गाएका फाेटा छैनन् त !
के भाे हँ उहाँलाई
सूचना पाऊँ तो
यथार्थ बुझेर
मन बुझाऊँ ताे !

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x