साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सगरमाथा भन्दा कञ्चङ्जङ्गा हाेचाे नै छ

भाे बल नगराैँ याे यात्राकाे बाटाे निकै अप्ठ्याराे छ यसै हिसाब गर्दा पनि कञ्चन्जङ्गा सगरमाथा भन्दा निकै हाेचाे नै छ ।

Nepal Telecom ad

महेशराज खरेल :

चढ्ने त उकालाे नै हाे
ओरालाे चडिन्न तर झरिन्छ
झर्नु जीवनकाे निस्पृह पन
भरसक झर्नु हुन्न मानिसले
चढ्नै पर्छ माथितिर यात्रा जिन्दगीकाे

कहाँ सम्म चढ्ने ?
मानिसकाे ध्येय निकै अप्ठ्याराे छ
बुझ्न सकिन्न मानिसलाई
त्यसैले त ऊ मानिस भएकाे छ
मानिस बाहेक हरेकलाई
मानिसले बुझ्न सक्दछ
नसक्ने त केवल मानिसलाई मात्र न हाे

उकालाे चढ्दा आफ्नै सामर्थेले
कति चढ्न सकिन्छ ?
उच्च शिर सगरमाथाकाे
भाैतिक धरा यस धरतीकाे
भेट्ने इच्छा हुनु स्वभाविकै हाे

ओर्लिएर सगरमाथाबाट
कतै कञ्चङजङ्गातिर
अभिष्ठ मनमा बाेकेर
हिड्न खाेज्दा वा हिड्दै जाँदा
साथ र हात मिले ठिकै छ
हाेस गर्नु बाधा विराेध हुन सक्छ
हात र साथ छुट्न सक्छ
भएकाे नाता पनि टुट्न सक्छ
सजिलाे बाटाेमा हिड्ने बानी परेकाेलाई
अप्ठ्याराे बाटाेमा सकस पर्न सक्छ

यात्रा रहर र मनाेकाङ्क्षाकाे हुनेगर्छ
पूरा हुन सकेन भने बात लाग्न सक्छ
सगरमाथा चढेकाे मानिसलाई
कञ्चन्जङ्घाकाे लाेभ किन बढेकाे भन्ने पर्नसक्छ
अनि मानिसले गीत गाउन थाल्नेछन्
हिजाे पनि अर्कैले बाेकेकाे हाे
सामर्थे आफ्नै भए त यस्ताे किन हुँदाे हाे
भाे बल नगराैँ याे यात्राकाे
बाटाे निकै अप्ठ्याराे छ
यसै हिसाब गर्दा पनि
कञ्चन्जङ्गा सगरमाथा भन्दा निकै हाेचाे नै छ ।

०००
२०८२/०५/२० बिहान
काेटेश्वर, काठमाण्डाै ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुसाहरु

मुसाहरु

महेशराज खरेल
अवसरमा खेतालाहरु

अवसरमा खेतालाहरु

महेशराज खरेल
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x