बालकृष्ण खनालनिस्पक्ष होला कहाँ ?
पैसाले खरिद्यो अरे टिकटको, जस्को थियो सम्पती। गुण्डा राज चलाउला जितिसके, गर्ला उहीँ मनपरी।। यस्तै हो सब ठाउको गतिविधी,के दु:ख मान्छौ सखी। हाल्ने हैन म भोट छुद्र जनको, हेर्छूँ तमासा बसी।।

बालकृष्ण खनाल :
राँको बाल्न सिपालु थे म पहिला, हान्थे म ढुङ्गा पनि।
बाटो बन्द गराउदा खुसिहुने, गर्थे म जैले पनि।।
नेता हुन्छु भनेर राजनितिको, झोला उचाली हिने।
फोहोरी हुनिरैछ राजनितिता,मैले त भरखर चिने।।
ढुङ्गा हान्न किसे पढेन कखरा, केगर्न पढ्ने भनी।
छक्याई नजको जितेर सबको बन्नेछु नेता भनी।।
नेता बन्न त रैछ कष्ट अतिनै, भागेर आएँ म त।
पाटीलाइ भनेर सम्पत सके, चिन्दैन कोही अब।।
पैसा खर्च गरे चुनाव जितिने,को चिन्छ विद्वानको।
गर्ला शासन ऊ जितेर सजिलै रक्सी पिलाऊछ जो।।
नेता हैन खराब यो मुलुकको, जनता खराबछन् सबै।
जनतानै गतिलो भएन तबपो यो देश बिग्र्यो अझै।
पैसाले खरिद्यो अरे टिकटको, जस्को थियो सम्पती।
गुण्डा राज चलाउला जितिसके, गर्ला उहीँ मनपरी।।
यस्तै हो सब ठाउको गतिविधी,के दु:ख मान्छौ सखी।
हाल्ने हैन म भोट छुद्र जनको, हेर्छूँ तमासा बसी।।
बिर्खेको परलोक पोर हुनगो, यो भोट कसले दियो।
मुर्दा भै कन भोट दिन्छ उसको, जसको त रक्सी पियो।।
छोरो हुन्छ विदेश भोट उसको हाल्यो कसैले यहाँ।
यस्तैहो सब ठाउ यो मुलुकमा, निस्पष्य होला कहाँ।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest







































