साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीच प्रवृत्ति चित्रण

भागबण्डा उही नीचै नीचैका सहकाजमा मिलोमतो गरी चल्ने मनोवृत्ति छ राजमा । नीति न्याय भयो नीच व्यक्तिको गुणगानमा नीचैका पथमा चल्दा हुन्छ के गणराजमा ॥

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

राशि नै देशको नीच नीचैले स्थान पाउँछन्
सुन्छन् भाषण नीचैको नीचैले मान पाउँछन् ।
चलखेल छ नीचैको नीचै नीति भएपछि
नीचै छन् खालमा रम्ने नीचैको गुन गाउँछन् ॥

जिन्दगी नै भयो नीच उच्चता कसरी दरूँ
नीचता बीच बाँचेका नीचता कसरी हरूँ ।
क्षुद्रता नीचता मेरा हीन यो परिवेशमा
नीच निर्मित डु‌ङ्गामा नदी यो कसरी तरूँ ॥

नीचै छन् सपना आशा नीचै छन् जपनाहरू
नीचै छन् जनविश्वास नीचै छन् योजनाहरू ।
भोगभाग छ नीचैको नीच सोच विचारमा
उच्च आधारमा को छ नीचैको यो बजारमा ॥

भागबण्डा उही नीचै नीचैका सहकाजमा
मिलोमतो गरी चल्ने मनोवृत्ति छ राजमा ।
नीति न्याय भयो नीच व्यक्तिको गुणगानमा
नीचैका पथमा चल्दा हुन्छ के गणराजमा ॥

रामायणै छ यो साक्षी नीचैका मतिमा गई
कलीयुग छ यो नीच नीचता नै हुने सही
बीच भङ्ग हुने कार्य सकिन्छ गर्न के हरि !
नरवृत्ति भए नीच पशुकै जिन्दगी सरी ।।

०००
कीर्तिपुर
भुमरीकाे बतास (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x