साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २७ औँ संयुक्त रचनावाचन

संयुक्त रचनावाचन तथा कविवरद्वय रामशरण न्यौपाने पाँचघरेकृत जूनघाम कविता सङ्ग्रह तथा गणेश घिमिरे मार्मिककृत वृद्धाश्रमको बोली खण्डकाव्य लोकार्पण गरियाे ।

Nepal Telecom ad

पाक्ता पाक्तै अझ पनि खुदै पाक्न खोज्छन् बुढ्‌यौली
थाक्ता थाक्तै विकट पथ नै हाँक्न खोज्छन् बुढ्यौली
यो कस्तो हो गरम पनको वृद्ध उत्साह भर्ने
जाँदा जाँदै निखर दिल नै आँक्न खोज्छन् बुढ्यौली ।

भक्तपुर, २०८२ चैत्र २१ । भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २७ औँ संयुक्त रचनावाचन तथा कविवरद्वय रामशरण न्यौपाने पाँचघरेकृत जूनघाम कविता सङ्ग्रह तथा गणेश घिमिरे मार्मिककृत वृद्धाश्रमको बोली खण्डकाव्य लोकार्पण कार्यक्रम सम्पन्न भयाे ।

भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्रक्टिकल स्कुलमा समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको समापतित्व एवम् महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

डा. रमेश शुभेच्छु, डा. गोपाल मण्डले, डम्बर घिमिरे, गोविन्द घिमिरे वेदमणि विशिष्ट अतिथि हुनुहुन्थ्यो । त्यस्तै अतिथिमा कल्पना काफ्ले, वामन न्यौपाने, अरुण अनुराग ,रामशरण न्यौपाने, गणेश घिमिरे मार्मिक, कविराज घिमिरे रहनुभएको थियो । मञ्चमा रहनुभएका अतिथिज्यूहरूलाई समाजका कोषाध्यक्ष वसन्ती भुजेल र सरस्य जुनू घिमिरेद्वारा खादा लगाइएको थियो । सामूहिक राष्ट्रिय गानपछि वसन्ती भुजेलद्वारा स्वागत गरियो ।

तत् पश्चात् कविराज घिमिरे पुछारघरेबाट जूनघाम कृतिमा टिप्पणी गरियो । राममणि ढुङ्गेलबाट सोही कृतिबाट कविता वाचन गरिएपछि अर्को कृति वृद्धाश्रमको बोलीमा डा. रमेश शुभेच्छुबाट कृति समीक्षा गरियो ।

रचनावाचनको क्रममा जूनघामबाट कल्पना काफ्लेले वाचन गरेपछि आआफ्ना रचनावाचन सुरु गरिए । गोपाल मण्डले, छन्दविज्ञान निरौला, विनोद खड्का, राजेन्द्रकुमार बज्राचार्य, राजकुमार राजभण्डारी, दलबहादुर नेपाली, वामन न्यौपाने, अनुराग अरुण, गणेश घिमिरे मार्मिक, लालबहादुर भुजेल, धरणीधर गुरागाई, दुर्गा घिमिरे, दधिराम गेलाल, डिल्लीप्रसाद मूलतिहुन, पङ्कज ओझा, जानुका गुरागाईं, प्रमुना पौडेल, वसन्ती भुजेल, विद्याअनामिका तिवारी, सरला पोख्रेल सरु, श्याम माकजू, दुण्डीराज पोख्रेल, राजु तामाङ, शङ्करप्रसाद मानन्धर, डम्बर घिमिरे, निशा न्यौपाने, डिल्लीराल भट्टराई, प्रवीण पल्लवी, घनश्याम प्रसाई, गोविन्द प्रसाद घिमिरे वेदमणि, भावना न्यौपाने, सञ्जय सोती, खोलाघरे साहिँलो, रचना दाहाल र जीवनाथ अधिकारी हुनुहुन्थ्याे । ।

प्रमुख अतिथिबाट मन्तव्य र कृति चर्चा । श्याम माकजूबाट धन्यवाद ज्ञापन । समाजका अध्यक्ष र उपाध्यक्षबाट प्रमुख अतिथिज्यूलाई रामशरण न्यौपानेद्वारा मायाको चिनो प्रदान । यसपछि समापतिज्यूबाट कार्यक्रम समापन भयो ।

सभ्य श्रोताको पनि उल्लेख्य उपस्थिति थियो । कार्यक्रमका सञ्चालक अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी हुनुहुन्थ्यो ।

०००
कविराज घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x