साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्…

स्नेह साँच्छ नेत्रले वसन्तको बहारमा गान गर्छ कोइली यता विमुग्ध प्यारमा विन्दु झार्छ इन्दुले निशासँगै रमाउँदा वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

Nepal Telecom ad

वेद प्रसाद रिजाल :

यत्रतत्र पुष्पको अपार वास पाइयो
पूर्वबाट आउने उषासँगै रमाइयो
होस् प्रसन्न चित्त यो अपूर्व शान्ति आउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

नृत्य गान गर्दछिन् वसन्तकी सुवासिनी
वृक्षका चरा रमे गरी अपूर्व रागिनी
सिर्रसिर्र सिर्सिरे बतासमा रमाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

उष्ण भानु आउँदा हिमाल पग्लिए अरे
शैलबाट धाउने प्रवाह सङ्लिए अरे
साँझमा प्रभातमा विशुद्ध भाव आउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

फुल्दछन् रमाउँदै सुनाखरी र प्याउली
नित्य गीत गाउँदै प्रफुल्ल देख्छु न्याउली
अङ्गअङ्ग शान्तिको उदात्त धार आउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

स्नेह साँच्छ नेत्रले वसन्तको बहारमा
गान गर्छ कोइली यता विमुग्ध प्यारमा
विन्दु झार्छ इन्दुले निशासँगै रमाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा।

०००
२०८२/१२/१२/५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
धुवाँ र मद्यपानले

धुवाँ र मद्यपानले

के.पी. पाैडेल
0
Would love your thoughts, please comment.x
()
x