साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धुपौरे तिनैले गरे सर्वनाश

खजन्तीहरूबाट चल्छस् घडीझैँ जुठो भात खान्छस् कि खान्छस् तँ घाँस ।। तँजस्तो हरामी मुखाले र दुर्छे कहाँ सक्तथिस् गर्न त्याे आठ पास ?

Nepal Telecom ad

हाेम सुवेदी :

तँ बाँचेर केही कतै छैन आस
तँ भाते मरे देशले फेर्छ सास ।।

लगाएर घेरो तँ बस्छस् भरौटे
धुपौरे तिनैले गरे सर्वनाश ।।

तँ गन्धे तँ पापी कुलाङ्‌गार तेराे
छिटै होस् नफिर्ने गरी नर्कवास ।।

न छन् योग्यता वा न भाँती छ बोल्ने
कुरौटे महादुष्टको हाेस् तँ दास ।।

खजन्तीहरूबाट चल्छस् घडीझैँ
जुठो भात खान्छस् कि खान्छस् तँ घाँस ।।

तँजस्तो हरामी मुखाले र दुर्छे
कहाँ सक्तथिस् गर्न त्याे आठ पास ?

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x