साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो

पचास ग्रामको छुसी, सयौँ किलो भए सरी नहिँड्नु धाक लाउँदै, म नाइके हुँ झैँ गरी नगर्नु काइते कुरा, निकै चलाक सम्झदै थुतेर फ्याँकिदिन्छु बुझ्, कुरा नकाट्नु रन्कँदै ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

तँ पापको मुहान होस्, तँ युद्ध सूत्रपात होस्
लुटेर खान खोज्दछस्,अगस्तिको तँ हात होस्
मिठासमा रमाउने, महान खञ्चुवा बनिस्
नदी र रामसारको, अजङ्ग जीव नै बनिस्

शरीरको तँ शत्रु होस्, बसेर मुख्य द्वारमा
अभक्ष्य भक्ष्य निल्दछस्, सँधै शरीर मारमा
तँ ढाँट्न छल्न जान्दछस्,असभ्य बन्न सक्दछस्
फटाहको तँ नाइके, न सत्य बोल्न सक्दछस्

छुरा सरी तँ बन्दछस्, प्रहार हुन्न भन्दछस्
अनन्त जीभ घाइते, स्वयं तँ फेरि गन्दछस्
इमानदार दन्तको, बलिष्ठ साथ पाउँछस्
तँ सन्किएर तन्किँदै र नाक तर्फ धाउँछस्

निकै वरिष्ठ सम्झदै, तँ मुख्य अङ्ग मान्दछस्
महत्त्वपूर्ण अन्य छन्, तँ श्रेष्ठ मैँ हुँ ठान्दछस्
तँ पेटको हली न होस्, नखोक्नु चम्कदै अझै
हुँदैन गर्नु जीभले, घमण्ड बेसरी सधैँ

पचास ग्रामको छुसी, सयौँ किलो भए सरी
नहिँड्नु धाक लाउँदै, म नाइके हुँ झैँ गरी
नगर्नु काइते कुरा, निकै चलाक सम्झदै
थुतेर फ्याँकिदिन्छु बुझ्, कुरा नकाट्नु रन्कँदै ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x