साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँच्न दिन्नन्

को हो आफ्नो को पराई, राम्रोसँग बुझ्नलाई सुनजस्तै कसी लगाइ, घोटीघोटी जाँच्न दिन्नन्

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

ईश्वरले मर्न दिन्नन्, मान्छेहरू बाँच्न दिन्नन्
आँसु झर्दा रमाउने, थोरै हाँसो साँच्न दिन्नन्

सोझो बनौं हेप्छन् यहाँ, नाङ्गो पार्छन् बाङ्गो बने
रिस डाह गर्नेहरू, खुशी हुँदा नाच्न दिन्नन्

को हो आफ्नो को पराई, राम्रोसँग बुझ्नलाई
सुनजस्तै कसी लगाइ, घोटीघोटी जाँच्न दिन्नन्

लामो हात छोटो बुद्धि, गरौं भने आत्मा रुन्छ
सिधा बाटोबाट हिँडी, गरिबीलाई भाँच्न दिन्नन्

सिमानामा दिनदहाडै, लुटिदैछ आफ्नो भूमि
लुटेरालाई ठाउँको ठाउँ, समातेर ड्याच्न दिन्नन् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x