अमर अधिकारीपाँच खित्कौली
गाउँमा दुना टपरी हुँदाहुँदै प्लाष्टिकका प्लेट गिलाँस कचौरा प्रयोग हुनथाले, बारी हुँदाहुँदै बार्दलीमा गमलामा मकै रोप्न सिके। गाईभैँसी पनि पाल्नछाडे, धेरै परिवर्तन भाछ नि गाउँमा।

अमर अधिकारी :
(साथीहरु पदीय परिचय गर्दै)
पहिलोः म खरिदार।
दोस्रोः म वहिदार।
तेस्रोः म वफादार, जागिर भए पो पद भन्नु !
-१-
(दुई सर्जक कुरा गर्दै)
लेखकः नेताको पुरा रुप के रहेछ ?
साहित्यकारः नेपाल ताक्ने, नेपाल तान्ने, नेपाल ताछ्ने ! जे भने नि हुन्छ।
-२-
(कार्यालयमा गाइँगुइँ चल्दै)
शा.अ. : कुशलजी त अख्तियारमा जानुभएछ नि !
उ.स. : किन? के कसुर गर्नुभएछ ?
शा.अ. : सरुवापछि रमाना लिएर हाजिर हुन जानुभएछ।
-३-
(नेता र मतदाताबीचको संवाद)
मतदाताः लोकतन्त्र आएर गाउँमा के चाहीँ परिवर्तन भयो नेताजी?
नेताः गाउँमा दुना टपरी हुँदाहुँदै प्लाष्टिकका प्लेट गिलाँस कचौरा प्रयोग हुनथाले, बारी हुँदाहुँदै बार्दलीमा गमलामा मकै रोप्न सिके। गाईभैँसी पनि पाल्नछाडे, धेरै परिवर्तन भाछ नि गाउँमा।
-४-
(श्रीमान श्रीमती चिया पिउँदै)
श्रीमानः नुहाइसकेर तौलया सुकायो कि त त्यसमाथि झिंगा बसिहाल्छ भन्या !
श्रीमतीः कुनै पनि प्राणीहरुको मौलिक अधिकार हुन्छ त्यसमा आपत्ति जनाउनुहुँदैन !
-५-
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest




































