साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहून् हाम्रा मोती अति चहकिला

रचे हिन्दी फार्सी गजल कविता सौम्य रचना । दिए अङ्ग्रेजीमा विविध रसका लेख्य सृजना।। बने उम्दा `मोती´ अजयपथका भास्करसरि। रहून् हाम्रा मोती अति चहकिला भानु जसरी।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´

चिसो हावापानी वन चउरले शीतल छरून् ।
सबै नेपालीका मन मगजमा ईश्वर बसून् ।।
यहीँ झुल्के`मोती´प्रखर गुणका कौशिकसरि ।
रहून् हाम्रा मोती अति चहकिला भानु जसरी ।। -१

नदी खोलानाला नहर झरना आपस मिलून् ।
उनै `मोती´ डाक्दै विनयपनले निर्मल बनून् ।।
कुना थुम्का पाखा पनि अघि सरून् आदर गरी।
रहून् हाम्रा मोती अति चहकिला भानु जसरी।। -२

रमून् माटो ढुङ्गा बगर र धुरा पत्थर गरा ।
गुफा खोल्सा डाँडा अनि शिखर छन् सुन्दर धरा।
यहीँ जन्मे `मोती´मनुज कदको धारण गरी।
रहून् हाम्रा `मोती´अति चहकिला भानु जसरी ।। -३

चरून् चौँरीगाई वन विपिनमा हर्षित बनून् ।
सुगा मैना डाँफे मिलजुल गरी स्वागत गरून् ।।
पुजून् स्रष्टा `मोती´सकलजनले अर्चन गरी ।
रहून् हाम्रा मोती अति चहकिला भानु जसरी।। -४

रचे हिन्दी फार्सी गजल कविता सौम्य रचना ।
दिए अङ्ग्रेजीमा विविध रसका लेख्य सृजना।।
बने उम्दा `मोती´ अजयपथका भास्करसरि।
रहून् हाम्रा मोती अति चहकिला भानु जसरी।। -५

रचे नेपालीमा अझ असलका नाटक कथा।
दिए राम्रा सामाजिक किसिमका संस्कृति प्रथा।।
दिए नेपालीका मन खुस हुने काव्य लहरी ।
रहून् हाम्रा मोती अति चहकिला भानु जसरी।। -६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x