साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ अस्तव्यस्त छ

तर गाउँमा जंगल बढेको छ । बाँदरको बिगबिगी छ । बाँझो जमिन बढेको छ । पर निर्भरता गाउँमा पनि बढेको छ । त्यसैले त हजुर शहर मस्त छ, अनि गाउँ अस्तव्यस्त छ ।

Nepal Telecom ad

विश्व विनोद :

यो लेखिरहन नपर्ने हो, तपाईले देख्नु भएको नै छ । व्यवस्था परिवर्तन कसको लागि भयो र यो व्यवस्था कहाँको लागि आयो भन्ने छर्लङ्ग भै सकेको छ । यो लेख पढ्दा नै व्यबस्था बिरोधी देखेर तपाईले मलाई हेर्नुहुनेछ त्यो पक्का हो तर के आजकाल गाउँ अस्तव्यस्त भएको जस्तो तपाईलाई लाग्दैन र ?

सडक बन्यो, त्यो कहाँ बन्यो ? — शहरमा । फुटपाथ बन्यो, नाली बन्यो, सुबिधा सम्पन्न बिद्यालय बन्यो, कहाँ बन्यो ? — शहरमा । संसद भवन कहाँ बन्यो ? शहरमा । उद्योग खुलाईयो शहरमा । राजदुतावास खोलियो शहरमा । बसपार्क बनाईयो शहरमा । राष्ट्रपति निवास बनाईयो शहरमा । प्रधानमन्त्रिको कार्यालय बनाईयो शहरमा । आखिर बनाईयो के त गाउँमा ?

गाउँमा सम्बृद्धिको सपना सुनाईयो । सोझा मानिसलाई झोले बनाईयो । राजनीतिमा मानिसलाई होमियो । द्धन्द्ध हुँदाको सबैभन्दा दर्दनाक पिडा यिनै गाउँलेले भोगे । पुल काटिएर सयौं रात अलिनो तरकारी यिनै गाउँलेले खाए । संचारबाट पर रहे । सुबिधाबाट अझै पर रहे । गाउँको अर्गानिक बजार पु¥याईयो भने शहरको बिषादीयुक्त कुरा गाउँमा पुग्यो ।

आजकाल गाउँ रित्तिएको छ । रोजगारीको कारणले, सुबिधाको कारणले, शिक्षाको कारणले । यौटा सुबिधा सम्पन्न निशुल्क रुपले पढाउने बिश्वबिद्यालय कुनै बिकट गाउँमा खुलाईदिएको भए के बिद्यार्थी त्यहाँ जान्थेनन् होला र ? गाउँका बाँझा जमिनमा शहर बसाउन सकेको भए कृषि योग्य जमिन मासिन्थ्यो र ? बरु फगत गाउँले सफा हावा उत्पादन गर्दै गर्दा शहरले प्रदुषण गाउँमा पठायो मात्र ।

आजकाल गाउँमा के छ त ? केही सरकारी अफिसहरु छन् जहाँ अझै सहजै सेवाग्राहीले सेवा पाउँदैनन् । केही बिद्यालयहरु छन् जहाँ बिद्यार्थीको चरम अभाव छ । केही उरण्ठेउला पार्टीका कार्यकर्ता छन्, जुनले ठेक्का पट्टा हात पारेर ठेकेदारीको लाचारी देखाईरहेका छन् । केही शिक्षक छन् गाउँमा जसले राजनीतिको धन्दा चलाईरहेको छन् । केही लघुबित्त छन् जसले सोझा गाउँलेलाई फसाएर ऋणको जालोमा फसाएको नै छन् ।

के गाउँमा सुपर मार्केट छ ? के गाउँमा बहुराष्ट्रिय कम्पनीको कारखाना खुलेको छ र ? के गाउँमा शहरको जति सुबिधा छ र ? के गाउँमा हामीले चाहेको जस्तो अस्पताल बनेको छ र ? के सबै सुबिधाहरु सर्वसुलभ छन् र ? के यो व्यबस्था एक खाले मानिसलाई शहरमा स्थापित गराउन आएको हो ? गाउँका श्रोतलाई दोहन गर्न आएको हो ? महंगी बढाएर गरीबको ढाड सेक्न यो व्यबस्था आएको हो ? कर्मचारीलाई हाटा (हाजिर गरेर टाप ) गर्न यो व्यबस्था ल्याईएको हो ? के उद्घाटनको रिवन काट्न मात्र ल्याईएको हो ? चिन्तन र चिन्ता देशको लाग्दैन होला र शासकहरुलाई ?

आजकल शहर गाउँका मानिस भाडामा राख्न पाएर मस्त छ । शहरमा कारोबार छ । शहरमा व्यापार छ, शहरमा सुबिधा अपार छ । तर गाउँमा जंगल बढेको छ । बाँदरको बिगबिगी छ । बाँझो जमिन बढेको छ । पर निर्भरता गाउँमा पनि बढेको छ । त्यसैले त हजुर शहर मस्त छ, अनि गाउँ अस्तव्यस्त छ । तारेमाम् !

०००
हाल- अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x