साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर्नी मैयाँ र ढेडुको तमासा

चटके, नाटके चाला बन्यो नाङ्गो बराबर तन्नेरी तरुनी जागे, जागेन तर फापर । उखु धान मकै बाली दाइँ गर्दछ बाँदर तमासा देखियो आज, गाईजात्रा भयङ्कर ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

चटके टाउके नाची, उखानमा हँसाउँछन्‌
खित्का छोडेर हाँसेको देखी बाँदर गाउँछन् ।
बाँदरे तालमा जम्मै हाँस्ने, हँसाउने भए
हास्यव्यङ्ग्य उनै गर्छन् जमाना कविका गए ॥

आलु खाएर पिँडाको धाकधम्की खन्याउने
बाँदर्नी नग्न मैयाँको बन्यो काम कन्याउने ।
राँकोभन्दा ठुलो डाँको ढेडुको हुन्छ हैकम
झर्दैन रुखको ढेडु नतोडे उसको दम ॥

बाँदर्नी, बाँदरे पारा, साराले झार्छु भन्दछन्‌
मुन्ट्याएर धुरीबाट उत्तानो पार्छु भन्दछन् ।
लाखु भेला भई जम्मै उखुमा पल्किएपछि
बाँदर्नी ढेडुको वार्ता सधैँ चल्छ बसी–बसी ॥

किसानी मल भन्दैछन् ढ्याङ्ग्रो ठोकेर देशमा
बाँदरे खेल खेलेर खेती छैन मधेसमा ।
तमासा झुटको हेर्ने सर्वहारा छ काँतर
निकासी लुटको गर्ने, भ्रष्टाचारी छ जाँगर ॥

चटके, नाटके चाला बन्यो नाङ्गो बराबर
तन्नेरी तरुनी जागे, जागेन तर फापर ।
उखु धान मकै बाली दाइँ गर्दछ बाँदर
तमासा देखियो आज, गाईजात्रा भयङ्कर ॥

०००
रानीवन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x