साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताज्यू अझै अग्लाे बन्ने हाे ?

जनता भेडो हैनन्, जनताले धेरै शासकको उचाई नापेर धुलाम्य बनाएका उदाहरण इतिहासमै छ तर हुँटिट्याउँले आकाश थाम्छु भनेर हुँदैन कि ? भन्नुस नेता ज्यू अब कति सम्म तपाईको उचाई लम्ब्याउने हो ?

Nepal Telecom ad

विश्व विनाेद :

खै उ बेलामा हाम्रो घरमा आउँदा त तलै बस्न खोज्नु हुन्थ्यो , भान्सामा लैजादा पनि तल बसेर खानु पर्छ भन्ने तपाईको महान अभिब्यक्ति हुन्थ्यो । सबै समान हुने भनेर हजुरले आदर्शको रटान लगाएको धेरै भएको छैन । हिजै अस्ति जस्तो लाग्छ । सामान्य जिवन शैली हुनुपर्छ, पुँजीबादको अन्य गर्नु पर्छ, सादा जीवन उच्च बिचारमा अडिग हुनु पर्छ भन्ने यहाँको कुराले हाम्रो घर परिवारलाई निकै मन परेर समर्थन गरेको थियो ।

सादगी जीवनले नै देशको उन्नती प्रगती गर्ने कुरा यहाँले गर्नु हुन्थ्यो । यहाँका कुरामा उलट पुलट अनि अग्रगामी छलाङ जस्ता शब्दको बर्षा नै हुन्थ्यो । वाह, तपाईको कुरा सुनेर त्यो बेला मेरो बाले काँधमा राखेर बोक्न खोज्दा तपाईले भन्नुहुन्थ्यो — मलाई हजुरहरुको साथले नै अग्लो बनाएको छ, म अग्लिनु हुन्न बरु महान नेपाली जनता अग्लिनु पर्छ । नेपाली जनताको अग्लाई अर्थात उचो पन नै उहाँले राजनीतिक लक्ष्य राख्नु भएको थियो ।

आजकल उहाँ उच्च पदमा आसिन हुनुहुन्त । तर तपाईको अग्लोपनमा मलाई हिनता बोध भै रहेछ नेता ज्यू । तपाईले आजकल कार्यकर्ता चिन्न छोड्नु भएको छ । सायद तपाईको र आम कार्यकर्ताको उचाई नमिलेर होला । हात्तिछाप चप्पल लगाएर हिड्ने तपाई आजकल उचाई नमिलेर होला सरकारी गाडी हुत्तिनु भएको छ । तपाईका गोडामा बिदेशी छालाका जुत्ता टल्किएकै छन् भलै स्वदेशी आत्मनिर्भरताको कुरा तपाईले गर्नु भएको होस् ।

सायद तपाईको अहमताको उचाई नपुगेर हो कि किन हो , तपाई नाङ्गो खुट्टाले हिड्न रुचाउने मानिस शाही शैलीमा किन रेड कार्पेटमा हिड्न खोज्नु भएको हो ? अझ बिभिन्न कार्यक्रममा बिभिन्न शैलीमा तपाईको सलामी खाने बानीले तपाईको उचाई आजकल जनताले नापिरहेका छन् ।

पिर्के सलामी किन लिनु भएको हो हँ ? के पिर्के सलामीले तपाईको उचाई बढ्छ हो ? अझ टेबुल माथि चढेर सलामी लिनु भएछ ? टेबुल मानिस उक्लेर सलामी लिनको लागि हो र महाशय ? तपाईलाई चुनावमा जिताउँदा त्यत्रा जनताले काँधमा बोकेर उचाई बढाएको सर्लक्क बिर्सनु भो हैन ? अनि तपाईलाई त्यही बेला जनताले त्यत्रो जयजकारको सलामीले पुगेन है ? अझै तपाईलाई पदको दुन्दुभी छ हैन ? करौडौको गाडीमा चढेर तपाईको उचाई बढेको होला र ? लाखौंको खाटमा सुतेर भुँईको चकटीको सुताईबाट तपाईको उचाई बढ्यो हैन र ? अनि लाखौ पर्ने महल तपाईले बनाउँदा अनि तपाई जस्तै नेतृत्व वर्गले भाडामा लिँदा तपाईको उचाई बढ्यो हैन ? पक्कै बढेको हुनु पर्छ किनकी तपाई सेल्टर बसेको घरका मानिस उही अबस्थामा छन् तर तपाई राजनीतिकै कारण त्यत्रो महल बिना जागिर ठड्याउनु भयो । वाह, झुप्रो र चार पाँच तले महलको उचाई अब फरक छ नि हैन र ?

हैसियत बिर्सेर उचाई नाप्ने तपाई जस्ता महान सर्बहारालाई जनताले पनि उचाई नाप्ने साधनका साथ बसेका छन् । जनता भेडो हैनन्, जनताले धेरै शासकको उचाई नापेर धुलाम्य बनाएका उदाहरण इतिहासमै छ तर हुँटिट्याउँले आकाश थाम्छु भनेर हुँदैन कि ? भन्नुस नेता ज्यू अब कति सम्म तपाईको उचाई लम्ब्याउने हो ? याद राख्नुस् आगामी चुनावसम्म त नक्कली उचाई बढाउनुस् त्यसपछि हिसाव किताब गरुँला कारण कुनै उचाईको अवसान हुन्छ, चाहे त्यो राजनीतिक, धार्मिक या सामाजिक अबसान । तपाईको उचाईलाई राजनीतिक उत्थान सँग मात्र नजोड्नुस्, पतन पनि वश्यंभावी छ । के अझै अग्लो बन्ने रहर हो र नेताज्यू ? एक पटक सोच्नुहोस् है । तारेमाम् !

०००

बेशीसहर, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
0
Would love your thoughts, please comment.x
()
x