साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असह्य

मारिन्छन् अबला बलात्कृत हुुँदै जारी छ यस्तै क्रम छन् पार्टी सरकार ढाँट छलमा उम्दा बडा सक्षम पार्टी वा गणतन्त्रको छ नतिजा यस्तै सधैं देखियो चिच्याए पनि साध्य हुन्न कहिल्यै जे देखियो लेखियो ।

Nepal Telecom ad

खोलाघरे साहिंलो :

हा यो दारुण कृत्य भो अति भयो गाह्राे भयो सम्झिन
नानी शालिन मारिइन् अधमले ल्याए बडो दुुर्दिन
यो कालो इतिहास लेखिन पुुग्यो सीमान्त दुुर्दान्त छ
रोयो मानवता कलङ्क छ दिगो धिक्कार सर्वत्र छ ।

खा पापी खल, नीच खा अझ अरू छोरीहरू खा,अघा
खा आमा, बहिनी, दिदी जति सबै मारेर तारेर खा
नारीको तन खा, र रक्त पिउँदै चीत्कार खा, आँसुु खा
खा लौ सिर्जनस्रोत नै सिरिखुरी यो सृष्टि सम्पूर्ण खा ।

जो जो छन् मतिहीन, दुुष्ट सब नै सर्कार जोगाइदे
मारून् शालिन, निर्मला अधमले उत्साह, नारा तँ दे
नारीमाथि कुकर्म जेजति चलून् आँखा सधैं चिम्लिदे
पार्दै नर्क समाज स्वर्ग छ भनी रङ्गाइदे, छापिदे ।

मारिन्छन् अबला बलात्कृत हुुँदै जारी छ यस्तै क्रम
छन् पार्टी सरकार ढाँट छलमा उम्दा बडा सक्षम
पार्टी वा गणतन्त्रको छ नतिजा यस्तै सधैं देखियो
चिच्याए पनि साध्य हुन्न कहिल्यै जे देखियो लेखियो ।

नानी शालिनमा छ शुद्ध मनको श्रद्धाञ्जली अर्पण
पाऊन् न्याय छिटै विरेचित बनून् हाम्रा दुखेका मन
पापी जो नर झट्ट दण्डित बनून् विश्वास होस् न्यायमा
यस्ता नीच कुकर्मका प्रति कसै, कोही नराखौं क्षमा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x