साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यता र उता

पसेर विक्रिकक्षमा शरीर यो सजाइयो दलालले खसीसमान गाथ सुम्सुम्याइयो कुनै दलाल लाल छन् कुनै कराल काल छन् स्वरूप,वृत्ति जे रहोस् मनग्य मालवाल छन् ।

Nepal Telecom ad

खाेलाघरे साहिँलाे :

यता थिए उता सरे,उता हुँदा यता सरे
पछारिए,उठे मने.. जसो सके उसै गरे
छ दाउ खान मात्रको जता सरेर मिल्छ जे
बुझेर झट्ट दौडिए भँडार जे जता छ रे ।

उता हुने यता सरे कुनै चढे कुनै झरे
झरे सबै अभाग्यवान् अनित्य दाउका परे
झिनासिना उसै बढे नगण्य भाउका चढे
लडे भने हिजो हुने प्रसिद्ध टाउका लडे ।

कुनै छ किन्न तत्पर,कुनै छ बिक्न आतुर
बजारझैं छ दासको अपूर्व दृश्य दुर्दुर
छ भाउवाल दाउमा कमाउँला,जमाउँला
जमाउनै अभीष्ट हो जरो दह्रो समाउला ।

विशेष देशमा सधैं विशेष पात्र आउँछन्
विशेष पात्रका प्रपौत्रसम्म मान पाउँछन्
यता छँदैछ दासको सुदास दासमण्डल
छ तम्तयार चाकडी तयार यार चम्मच ।

भने भनोस् न लोकले निकृष्ट,दुष्ट वञ्चक
विदेेशको गुुुलाम वा परम्परा विनाशक
सहीरहे हुनेछ नै विशिष्ट लाभदायक
कहाँ उसै त जुर्छ रे विशिष्टता र नायक ?

अनेक दुु:ख झेलियो नुुुहेर हात जोडियो
जमीन सम्पदाहरू लिलाम म‍ूल्य बेचियो
कतै तिरेर लागियो कतै छिरेर भागियो
टुपी बिक्यो,उपायहीन भै स्वयं बिकाइयो ।

पसेर विक्रिकक्षमा शरीर यो सजाइयो
दलालले खसीसमान गाथ सुम्सुम्याइयो
कुनै दलाल लाल छन् कुनै कराल काल छन्
स्वरूप,वृत्ति जे रहोस् मनग्य मालवाल छन् ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x