साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कृत

थाहा थिएन मलाई, बलत्कार केलाई भनिन्छ अनि म कसरी बलात्कृत भएँ। मेरो पश्न को उत्तर जान्न नपाउँदै, आमाकी प्यारी मलाई भगवानको प्यारी बनाइ दिए।।

Nepal Telecom ad

श्री काजी :

गल्ती त न मेरो थियो,
न त मेरो तेह्र वर्षे उमेरको।
भर्खर उमेरको चार पाँच खुड्किला त चड्ने
प्रयासमा थिएँ, यत्तिकैमा समाजले भन्न थाल्यो,
म बलात्कृत हो ।

गल्ती त मेरो होइन नि,
तर खै किन सजाय चाहिँ मैले पाइरहेकी छु ।
मेरो ईज्जत लुट्ने लुटेरा भनम् वा बलत्कारी ऊनीहरू चाहिँ,
खुलेआम छाती फुलाएर हिँडेको देखिरहेकी छु।।

खै यो कहाँ को न्याय हो,
जो पीडित…. उसले नै सजाय पाउँछ।
खोज्दै छु मेरो गल्ती चाहिँ,
सायद.. यो धर्तीमा नारी भएर जन्मनु नै रहेछ।।

गल्ती त उनीहरूको थियो,
मेरो त केही छैन।
अनि सजाय त पुरूषले पाउनु पर्ने हो,
फेरि सबै पुरूषमा हामी प्रतिको आचरण
उस्तै हुन्छ भन्न खोजेको पनि त होइन।।

थाहा थिएन मलाई,
बलत्कार केलाई भनिन्छ
अनि म कसरी बलात्कृत भएँ।
मेरो पश्न को उत्तर जान्न नपाउँदै,
आमाकी प्यारी मलाई भगवानको
प्यारी बनाइ दिए।।

सायद एक दुइ दिनको सम्झना हौँला म,
मेरा नाममा गर्लान् एक दुइ हप्ताको आन्दोलन
भन्छन् सतीले सरापेको यो देश,
अनि कसरी यो देशका दोषीले न्याय पाउलान्।

अब के चाहियो र मलाई,
मेरो फोटोको अगाडि एक मैनबत्ती बालिदेऊ।
अनि छोरी हुर्काई बलात्कृत बनाउनु भन्दा
घाँटी न्याकी मारी देऊ ।।

०००
उदयपुर, गाईघाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x