साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्झियो

अपराधको दुनियामा, रम्ने मान्छे देख्दा तिनीहरु जाने आर्य, घाट सम्झियो ।

Nepal Telecom ad

पदम भण्डारी :

आफू जन्मिएको गाउँ, माटो सम्झियो
आमासँगै घट्ट ग’को, बाटो सम्झियो ।१।

आफ्ना साथी भाइसँग, खेलेका ती चउर
भीर पाखो बारीको त्यो, पाटो सम्झियो ।२।

कमेरो र रीठ्टा खोजि, नुहाएको शरिर
खरानीले धोएका लुगा, फाटो सम्झियो ।३।

राधिकाले मलाई किन, जिस्काएको भन्दै
हानेको त्यो झटारो र, भाटो सम्झियो ।४।

शहरतिर कुकुरहरु, डोर्याई हिँड्ने देख्दा
गोठको खसी बोको अनि, पाठो सम्झियो ।५।

शहरको पिज्जा बर्गर, मःम भन्दा मीठो
गाउँको मकै रोटो पीठो, आटो सम्झियो ।६।

अपराधको दुनियामा, रम्ने मान्छे देख्दा
तिनीहरु जाने आर्य, घाट सम्झियो ।७।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x