साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे कर्मठ युवा !

आओ भीड मिलेर फेरि गतिला दर्बार भत्काउन ‎पुल्ठो लाउन जोशिई उठ सबै यो राष्ट्र सल्काउन ‎तिम्रै कर्मठ हात योग्यतम छन् जो देखियो प्रष्ट छ ‎देशै भस्म गरेर विश्वभरि नै तातो खरानी छर ।

Nepal Telecom ad

खोलाघरे साहिँलो :

‎ए हाम्रा प्रिय पौरखी अनुज हो ! हाम्रो जिमीका युवा !
‎तिम्रो शक्ति प्रशंसनीय ठहर्यो, पाइन्न नै तुल्यता
‎अर्बौं वा खरबौं अझै अधिकको सम्पत्ति सिद्ध्याउन
‎बेरै लाग्नु परेन झट्ट सकियो, मिल्दा सबैका मन ।१।

‎ठूला गौरवका निकेतन सबै ढाल्ने सबै धन्य छन्
‎जेले ध्वस्त गरे अपूर्व बलिया ती हात नै धन्य छन्
‎तिम्रा हात युवा यसै रित चलून् ढाल्ने कुरा छन् अझै
‎जेले कीर्ति बखान्छ यो मुलुकको बाल्ने कुरा छन् अझै ।२।

‎गर्दा के नहुने रहेछ र यहाँ हस्ती भनेका ढले
‎मान्नै पर्दछ यो पराक्रम ठूलो, मान्ला सबै विश्वले
‎नाथे देश त हो रसातलतिरै जाओस् कि जे जे गरोस्
‎ध्वस्तै पार्नु छ लक्ष्य, शेष जनता बाँचोस् कि चाहे मरोस् !३।

‎आओ ए नव नौजवान अब लौ आओ लगत्तै जुट
‎जे जे शेष छ सिर्जना विगतको आगो लगाऊ,भुट
‎अर्काको इतिहास मात्र छ सबै के रट्नु ती गन्गन
‎आफ्नो कीर्ति रचेर भस्म युगको आफ्नै गरौं कीर्तन ।४।

‎आओ भीड मिलेर फेरि गतिला दर्बार भत्काउन
‎पुल्ठो लाउन जोशिई उठ सबै यो राष्ट्र सल्काउन
‎तिम्रै कर्मठ हात योग्यतम छन् जो देखियो प्रष्ट छ
‎देशै भस्म गरेर विश्वभरि नै तातो खरानी छर ।५।

०००
फाकफोकथुम- ४, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x